पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
राजनीति
Apr 12, 2019
बालुवाटारको जग्गा किन्दा विष्णु पौडेल ठगिएकै हुन्?
काठमाडौं। बालुवाटार भित्रको जग्गा व्यक्तिका नाममा पास गरिएको समाचार सार्बजनिक भएपछि सामाजिक सञ्चाल तातेको छ। वालुवाटारको जग्गा किन्नेमा नेकपाका प्रभावशाली नेता तथा महासचिव विष्णु पौडेलका छोरा पनि परेपछि चर्चा थप चुलिएको हो।

सरकारी जग्गा कसरि व्यक्तिको नाममा गयो त्यसको छुट्टै पाटो छ। तर सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपाका नेता विष्णु पौडेल जग्गा किन्दा ठगिएको वताए। जग्गा किन्दा ठगिएकाले उनलाई क्षतिपूर्ति दिनुपर्नेमा समेत बाँस्कोटाले जोड दिएका छन्।

उनी ठगिएकै हुन् वा नियतबस बालुवाटारको जग्गा किनेका हुन् भन्ने कुरा अनुसन्धानपछि खुल्दैजाला।

तर तपाई घरघडेरी किन्दै हुनुहुन्छ भने कम्तिमा ३ वटा कुरामा ध्यान दिनुस्, नत्र ठगिन सक्नु हुन्छ।

वर्षौ दुख गरेर कमाएको पैसा सहि ठाउँको घरघडेरीमा हालेमात्रै त्यसले भविष्यमा पनि राम्रो प्रतिफल दिन्छ। अन्यथा बर्षौ दुख गरेर कमाएको लाखौ रुपैयाँ एकै दिनमा डुब्न पनि सक्छ। त्यसैले घर घडेरी किन्दै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिएर मात्र किन्नुहोस।

१. घरजग्गाको नक्शा
जग्गा व्यावसायीले तपाईलाई सुरुमा घर जग्गा देखाउँछन्। त्यसपछि जग्गाको क्षेत्रफल सहितको नक्शा देखाउँछन्। त्यसमा चित्त बुझ्ने बित्तिकै तपाई जग्गा किन्ने प्रक्रियामा अघि बढ्नुहुन्छ।

तर तपाईले घर अथवा जग्गा किन्दा घरजग्गा व्यावसायीले देखाएको नक्शामा मात्रै भर पर्नु हुँदैन। एक पटक तपाईलाई देखाइएको घरजग्गा किनबेच गराउने मालपोत र नापी कार्यालयमा गइ व्यावसायीले देखाएको कित्ता नम्बर अनुसार जग्गा हो की हैन भन्ने पक्का गर्नुहोस। यदि हो भने मात्र जग्गा किन्ने प्रक्रियामा एक पाइला अघि बढ्नुहोस। नत्र दलालले तपाईलाई नक्कली नक्शा देखाएर एक ठाउँको जग्गा भनेर अर्कै ठाउँको जग्गा पनि किनाई दिन सक्छन्।

२. बाटो/गोरेटो बाटो
तपाईले किन्न खोजेको घडेरी अथवा घर भएको ठाउँमा कति फिट चौडा बाटो छ भन्ने कुराले घर तथा जग्गाको मूल्यमा निकै फरक पर्छ। कति क्षेत्रफल ओगट्ने गरि कत्रो घर बनाउन पाइन्छ भन्ने कुरा पनि घडेरी भएको ठाउँमा भएको बाटोले भूमिका खेल्छ। पछिल्लो समय काठमाडौं उपत्यकामा कम्तिमा २० फिट बाटो छोडेर मात्र घडेरी विकास गर्न दिइएको छ। पुराना घडेरीहरु भने १० फिटदेखि १८ फिटसम्म बाटो भएका पाइन्छन्।

जति सानो बाटो हुन्छ तपाईले घर बनाउँदा त्यतिनै धेरै ठाउँ छोडेर बनाउनुपर्छ। त्यसैले सानो बाटोमा किन्नुहुन्छ भने अन्य ठाउँको भन्दा केहि बढी जग्गा किन्नुपर्ने हुन सक्छ।

यदि तपाईको जग्गा गोरेटो बाटोमानै पर्छ भने त तपाईले आवश्यकताभन्दा बढि जग्गा किन्नुपर्ने पनि हुन्छ। किनकी गोरेटो बाटोमा ७ फिट छोडेर मात्र घर बनाउनुपर्ने मापदण्ड छ। तपाईले चिटिक्क चार किल्ला छुट्ट्याएको घडेरी मात्रै हेरेर जग्गा किन्नुभयो भने गोरेटो बाटोले आवश्यकता अनुसारको घर बनाउन नपाइने हुन सक्छ। एक पटक आफु फसिसकेपछि अर्कोलाई बेच्नुपर्दा पनि त्यस्तो जग्गाले राम्रो मूल्य नपाइने हुनाले गोरेटो बाटो छ भने पहिलेनै सतर्क रहनुपर्छ।

३. मुद्दा मामिला
तपाईले जग्गा मात्रै हेरेर दलालाई बैना दिनुभयो भने तपाईको बैना फिर्ता नआउने वा पछि एउटा जग्गा भनेर अर्कै जग्गा पास गराउने सम्भावना धेरै हुन्छ। त्योबाहेक तपाईले हेरेको जग्गामा कसैको मुद्दा परेको छ भने मुद्दा फैसला नभएसम्म उक्त जग्गाको कारोबार रोक्का गरिएको हुन्छ। त्यस्तो बेलामा तपाईको बैना रकम पनि डुब्ने वा पछि जग्गा व्यावसायीले तपाईले चित्त नबुझेको ठाउँमा जग्गा किनाउन दवाव दिन पनि सक्छन्।
 
त्यसको लागि पनि तपाईले जग्गाको कित्ता नम्बर लिएर सम्बन्धित मालपोत कार्यालयमा सोधीखोजी गर्ने हो भने मुद्दा मामिला परे/नपरेको, मोही भए/नभएको लगायतका कुरा थाहापाउन सकिन्छ। त्यसपछि मात्रै तपाईले ढुक्कसँग जग्गा किनेर घर बनाउन सक्नुहुन्छ। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video