पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
राजनीति
Apr 13, 2019
पार्टी एकलौटी सञ्चालन भएको : नेता सिंह
विराटनगर,  चैत ३० ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले पार्टी एकलौटी ढङ्गले सञ्चालन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नीति र कार्यकर्ताको भावना विपरीत सञ्चालन भएकाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो ।     
     
 उहाँले पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गर्नुभयो । उहाँले न्याय परिषद्को सर्वोच्च र उच्च अदालतको न्यायाधीश छनोटमा स्वच्छता र पारदर्शी नभएको आरोप लगाउँदै वरिष्ठलाई पन्छाई गरिएको निर्णय विधि र पक्रिया नमिलेकोप्रति काङ्ग्रेसले विरोध गरेको बताउनुभयो ।     
     
 उहाँले नेतृत्वले विधान उल्लङ्घन गरेका कारण नै नेविसङ्घ लगायतका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्गठनको महाधिवेशन हुन नसकेको आरोप लगाउनुभयो । नेता सिंहले निजी क्षेत्रलाई विश्वासमा लिई कार्य गराउन सके मात्र मुलुकमा आर्थिक समृद्ध कायम हुने धारणा व्यक्त गर्नुभयो । ९तस्बीर संलग्न छ०     
–––     
   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video