सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 16, 2019
विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त
काठमाडौँ, वैशाख नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो ।
महानिरीक्षक खनालले दुःखको घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारणा गर्नसक्ने क्षमता प्राप्त होस् भन्दै समवेदना व्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video