सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 16, 2019
सवारी दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौं, ३ वैशाख नवलपरासी (पश्चििम), रौतहट, मुगु, धनुषा, उदयपुर, खोटाङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । 
नवलपरासी (पश्चि म), सुनवल नगरपालिका-३ नदुवा चोकस्थित महेन्द्र राजमार्गमा बा.९१ प ३१८० नम्बरको मोटरसाइकलले सोमबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका लु.१४ प ३९५४ नम्बरको मोटरसाइकल चालक सुनवल नगरपालिका कीर्तिपुर बस्ने  ५० वर्षीय देउप्रसाद गुरूङको लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा सोमबार दिउसो मृत्यु भएको छ ।  बा ९१ प ३१८० नम्बरका मोटरसाइकल चालक गुल्मी ईस्मा गाउँपालिका-२ बस्ने २५ वर्षीय गोपाल घिमिरेलाई उपचार पश्चात नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
रौतहट, बृन्दावन नगरपालिका-६ स्थित सडकखण्डमा ना.४ ख ६१११ नम्बरको बसले ना.४५ प ९६ नम्बरको मोटरसाइकललाई सोमबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सर्लाही बसबरिया गाउँपालिका-६ बस्ने २३ वर्षीय कृष्ण नन्दन साह सोनारको चपुर प्रालि हस्पिटल चपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार २१ वर्षीया आरतीकुमारी शाह सोनारलाई थप उपचारको लागि बीरगंजतर्फ पठाइएको छ । दुबै सवारी साधन नियन्त्रणमा लिई फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । 

मुगु, छायाँनाथ रारा नगरपालिका-२ बस्ने रवि रावतको भे.१ त ७२४० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरले किची गम्भीर घाइते भएकी जुम्ला तातोपानी नगरपालिका-४ बस्ने १८ वर्षीया लक्ष्मी उपाध्यायलाई उपचारको लागि सदरमुकामतर्फ लैजाने क्रममा सोमबार दिउसो बाटोमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । 
धनुषा, गणेशमान चारनाथ नगरपालिका-१० जयनगरस्थित सडकमा ना.४ ख ३५७८ नम्बरको तेल बोक्ने ट्याङ्करले सोही ठाउँ बस्ने राम उद्गगार साहको ५ वर्षीय छोरा पुजन साहलाई ठक्कर दिँदा सोमबार साँझ घट्नास्थलमै मृत्यु भएको छ । उक्त ट्याङ्करलाई स.४ प ४७४८ नम्बरको मोटरसाइकलले पछ्याई अगाडिबाट रोक्ने क्रममा मोटरसाइकललाई सोही ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार चालक सोही ठाउँ बस्ने २२ वर्षीय अजयकुमार यादव समेत ३ जना घाइते भएकाले स्थानीय मेडीकल हुँदै थप उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ ।  ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
उदयपुर, उदयपुर गढी गाउँपालिका-१ बिष्णुचौरमा स.१ ज ५०६ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँस्थित मुर्मे बस्ने ४५ वर्षीया केशरमाया परियारको घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने १० जना घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल पठाएकोमा २ जनालाई थप उपचारको लागि काठमाडौं र १ जनालाई बिराटनगरतर्फ पठाइएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । 
खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-७ रिट्ठाबोटस्थित सडकखण्डमा ना.४ ख ७४११ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा बस्ने ४० वर्षीया बहादुर राईको स्थानीय स्वास्थ्य चौकी दुर्छिम हुँदै जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत ६ जनालाई थप उपचारको लागि काठमाडौतर्फ पठाइएको छ भने ८ जना उपचार पश्चाघत घर फर्किएका छन् । 
सुनसरी, ईटहरी ८ टेङग्रा टोलस्थित भित्री सडकखण्डमा सोही ठाउँ बस्ने ३९ वर्षीय पेम्बा तामाङले आफ्नै घर अगाडि पार्किङ गरी राखेको ना.६ ख १८१३ नम्बरको ट्रक पछाडि सुतिरहेका भोजपुर घर बताउने बसपार्कमा चना भुजा बेच्ने हाल नाम, थर, वतन नखुलेका करिब १६ वर्षीय किशोरलाई उक्त ट्रक ब्याक गरी घुमाई आउने क्रममा ट्रकले किचेर घटनास्थलमै मृत्यु भएको छ ।   


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video