त्रिभुवन राजपथमा पहिरो खस्दा एक जना बेपत्ता, चार गाडी पुरिए  |  अख्तियारमा अधिकांश उजुरी स्थानीय तहका, यस्ता सम्म परेका छन उजुरी  |  लागुऔषध मुद्दाका आठ वर्ष पछि पक्राउ  |  मिति २०७७ साल साउन ३० गते शुक्रबार, अगष्ट १४ तारीख हेरौं राशिफल  |  धुलिखेल अस्पताल क्षेत्र सिल  |  प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?
सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 20, 2019
सेनाद्वारा डढेलो नियन्त्रण
भीमदत्तनगर, वैशाख सामुदायिक वनमा लागेको डढेलो नेपाली सेनाको टोलीले नियन्त्रण गरेको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरस्थित आज शहीद स्मृति सामुदायिक वनमा लागेको डढेलो यहाँस्थित नेपाली सेनाको सिंहशार्दूृल गुल्म भगतपुर ब्यारेकको टोलीले नियन्त्रणमा लिएको हो । सिंहशार्दूल गुल्मका निमित्त गुल्मपति सहसेनानी कृष्ण भण्डारीको नेतृत्वमा गएको सैनिक टोलीले डढेलो नियन्त्रणमा लिएको हो । निमित्त गुल्मपति सहसेनानी भण्डारीले सामुदायिक वनमा लागेको डढेलो तीन घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको जानकारी दिनुभयो । सैनिक टोलीसँगै सामुदायिक वन पदाधिकारी र स्थानीयवासीसमेत डढेलो नियन्त्रणमा जुटेका थिए । गर्मीबढेसँगै यहाँको राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा डढेलो लाग्ने क्रम शुरु भएको छ । केही दिनअघि पनि यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको केही भूभागमा लागेको डढेलो निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवी दल गण, मझगाउँ ब्यारेक र निकुञ्ज कर्मचारीले नियन्त्रणमा लिएका थिए ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video