पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
राजनीति
Apr 21, 2019
नेकपाः पार्टी एकताका बाँकी काम अन्तिम निष्कर्षमा
काठमाडौँ, वैशाख ८  ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ । नेकपाको ७० आँै स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै काम टुङ्ग्याउने छ । नेताको अनुहार हेरेर होइन, निश्चित, सिद्धान्त र विधि बनाएर एकताको बाँकी काम सम्पन्न हुन्छ ।” पार्टी एकता र सरकारका कामका बारेमा आन्तरिक छलफल जारी रहेको बताउँदै उहाँले स्थापनादेखि हालसम्मको अवधिमा नेकपाले राजनीतिक परिवर्तन र जनपक्षीय कामको अग्रणी नेतृत्व निर्वाह गरेको बताउनुभयो । सो अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनमा अथक योगदान दिनुभएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सुनमाया थापा मगर, रणबहादुर थापा मगर (धादिङ) खम्बासिंह कुँवर, ज्ञानु थापा (चितवन), बालकुमारी थापा, गोविन्दबहादुर श्रेष्ठ(मकवानपुर), गोविन्दनाथ उप्रेती, तुलसीमाया कतिला (काभ्रेपलाञ्चोक), तेजकुमारी घिमिरे, रत्नमान तुलाधर (ललितपुर), विष्णुलाल जोशी, सुशीला कार्की (भक्तपुर), बेनीबहादुर थापा, नानीमाया नकर्मी (काठमाडौँ), फत्तप्रसाद मैनाली, टीकादेवी पुडासैनी (नुवाकोट), तुलसादेवी घिमिरे, पेमा दोर्जे तामाङ (रसुवा) हुनुुहुन्छ । यसैगरी सीतादेवी दाहाल, कृष्णहरि अधिकारी (सिन्धुली), चन्द्रमाया सुनुवार र चतुरमान सुनुवार (रामेछाप), जयराम पराजुली (सिन्धुपाल्चोक), विष्णुलाल जोशी (भक्तपुर) र मनमाया खड्का (दोलखा) हुनुहुन्छ । सो अवसरमा सम्मानित व्यक्तित्वद्वय बालकुमारी थापा र गोविन्दनाथ उप्रेतीले जनताले नेकपालाई दिएको जनमतको प्रत्युत्तरमा जनपक्षीय काम गरी देखाउन आग्रह गर्नुभयो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ता, शुभेच्छुक र राष्ट्रिय आवश्यकताका आधारमा दुई कम्युनिष्ट पार्टीको एकता भएको बताउँदै आगामी दिनमा यो एकताको जगलाई बलियो बनाउन आआफ्ना तहबाट सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो । नेकपा प्रदेश नं ३ सङ्गठन कमिटीका अध्यक्ष अष्टलक्ष्मी शाक्यले कसैलाई काखा र कसैलाई पाखा लगाउने प्रवृत्ति अन्त्य हुनुपर्छ भन्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video