सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 22, 2019
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा पुरस्कार तथा प्रशंसापत्र वितरण
काठमाडौं, वैशाख  ९ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरुजु फर्छ्‍यौटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो ।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिटी, प्रहरी बरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की तथा मदन कुमार थापा, प्रहरी निरीक्षकहरु मातृका प्रसाद गुरागाई, सुमन कुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल रहनुभएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा इज्जत र प्रतिष्ठा बढ्ने चर्चा गर्दै संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेक लगाई अझ बढी उर्जाका साथ काम गर्नुपर्ने बताउनुभयो । उत्कृष्ट कामको उच्च कदर हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा पनि त्रुटीरहित तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

आ।व। २०७३र०७४ सम्म नेपाल प्रहरीमा कायम कूल बेरुजुमध्ये समग्रमा ८५।१४ प्रतिशत बेरुजु फर्छ्‍यौट गरिएको र गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्‍यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि नेपाल सरकार ९माननीय मन्त्रीस्तर० को निर्णय अनुसार उहाँहरुलाई पुरस्कृत गरिएको हो ।

यसअघि वैशाख ५ गते गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भए अनुरुप नगद ८ हजार रुपैयाँ सहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video