प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 23, 2019
सेनाले छोड्यो १८ वर्षपछि कोल्टी
बाजुरा,  वैशाख १० नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएकोे छ । सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो । ब्यारेक राख्ने जमीन उपलब्ध गराउनु सेनाले स्थानीयवासीलाई आग्रह गरे पनि उपयुक्त जमीन नभेटिएपछि अछाम फर्किएको सेनाको भनाइ छ । पुरानो ब्यारेक बसेको स्थान बस्नलायक नभएको र वर्षात्को समयमा असुरक्षित भएकाले अर्को स्थानमा ब्यारेकका लागि जमीन दिन माग गरेको थियो । सेनाको गुल्म गएको तीन वर्षदेखि कोल्टी गाउँको जिउलामा रहेको सामुदायिक विद्यालयमा बस्दै आएको थियो । स्थानीय राजनीतिक दलदेखि अन्य निकायसँग निरन्तरताको पहल गरिए पनि असफल भएको दाबी सेनाको छ । सेनाको टोली कोल्टीबाट सोमबार अछाम फिर्ता भएको हो । ब्यारेक कोल्टीमै राख्न सामाजिक सञ्जालदेखि अन्य क्षेत्रबाट दबाब भए पनि राजनीतिक दल, नगरपालिका र स्थानीय अगुवाले बेवास्ता गर्दा फिर्ता गएको नागरिक अगुवा लक्ष्मण जोशीले बताउनुभयो । कोल्टीमा रहेको भवानी बक्स गुल्म अछामको गणमा गएको हो । भवानी बक्स गण अछामका प्रमुख सेनानी लोचन कार्कीले भने त्यहाँ अब गुल्म राख्नुपर्ने आवश्यक नरहेकाले अछाम फिर्ता बोलाइएको बताउनुभयो । पहिले बस्दै आएको ब्यारेक क्षेत्र प्राकृतिक रुपमा सुरक्षित नरहेको भन्दै नेपाली सेनाको प्राविधिक टोलीले नबस्न भनेपछि वैकल्पिक व्यवस्था नहँुदासम्म तीन वर्षदेखि बूढिनन्दा क्याम्पसको भवनमा भवानी वक्स गण ‘क’ बस्दै आएको थियो । लामो समयदेखि विद्यालयको भवनमा बस्न नसक्ने अवस्था आएपछि सेनाको मुख्यालयले फिर्ता बोलाएको भवानी बक्स गुल्म कोल्टीका सेनानी हरिरामकुमार श्रेष्ठले जानकारी बताउनुभयो । सेना कोल्टीमा २०७१ सालदेखि बस्दै आएको थियो । शान्ति सुरक्षादेखि विपद् व्यवस्थापनका सेनाले खेल्ने भूमिका उच्च रहने हुँदा जिल्लामा रहनुपर्ने दबाब स्थानीयवासीको थियो । कोल्टी क्षेत्रका चारवटा स्थानीय तहलाई लक्षित गरेर सेना आवश्यक हुने दाबी स्थानीयवासीको छ । जिल्लामा विमानस्थल पनि भएकाले उच्चपदस्थ पदाधिकारीहरुको सुरक्षा सहजताका लागि समेत सेना राख्नुपर्ने उनीहरुको भनाइ छ । यता बूढिनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मीले भने जग्गाको समस्याले नभई सेनाले नै बस्न नचाहेको बताउनुभयो । उहाँले रक्षा मन्त्रालयलाई समेत जग्गा उपलब्ध गराएर सेनालाई यथावत गर्न आग्रह गरिएपनि गुल्म नबसेको हो भन्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video