राजनीति
Apr 23, 2019
सरकार– राप्रपा वार्ताः संविधानअनुकूलका माग सम्बोधन गर्न सकिने
काठमाडौँ,  वैशाख १० सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको औपचारिक वार्तामा राप्रपाले राखेका मागका विषयमा प्रारम्भिक छलफल भएको छ । सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आजदेखि प्रारम्भ भएको वार्तामा सरकारले संविधानअनुसारका माग पूरा गर्न सकिने स्पष्ट ग¥यो र सरकारका तर्फबाट वार्ताको संयोजकको भूमिका निर्वाह गर्नुभएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले भन्नुभयो, “ वार्ता सौहार्दपूर्ण रुपमा भयो, सरकारले संविधानअनुकूल हुने मागमा सम्बोधन गर्न सक्छ, हामी लामै छलफल गर्छाैँ ।” अर्काे वार्ता अर्को हप्ता हुने जनाइएको छ । वार्तामा सरकारका तर्फबाट वार्ताका संयोजक कानूनमन्त्री ढकाल तथा राप्रपाका तर्फबाट राप्रपाका नेतात्रय दीपक बोहरा, निरञ्जन थापा र भुवन पाठक सहभागी हनुहुन्थ्यो । राप्रपाका प्रवक्ता पाठकले वार्ता सकारात्मक भएको र आगामी बैठकमा थप छलफल हुने जानकारी दिनुभयो । राप्रपाले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत फागुन ७ गते लिखित २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सोही मागका विषयमा छलफल गर्नका लागि सरकारले आजका लागि वार्तामा बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि संयोजकमा कानूनमन्त्रीलाई तोक्नुभएको छ । कानूनमन्त्री ढकालले आजका लािग राप्रपालाई वार्तामा आउन लिखितपत्र पठाउनुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video