महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
पर्यटन /बिबिध समाचार
Apr 24, 2019
जसले अन्तर्राष्ट्रिय कराँतेमा नेपालको इतिहास रचे
– निरा गौतम
पटना,  वैशाख
११ : सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकित पारिन् । उनले विदेशी भूमिमा स्वर्ण पदक जितेर नेपालको नाम राख्ने धोको यसपटक पनि पूरा गरिन् । यसअघि भारतको पुनामा भएको च्याम्पियनसिपमा समेत स्वर्ण पदक हात पारेकी उनले अहिले पनि इतिहास दोहो¥याइन । कातातर्फको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेकी रानाले कुमितेतर्फ सिनियर उमेर समूहमा अर्को स्वर्ण पदक जितिन् । गोजुरियो कराँते डो मिसन सङ्घका संस्थापक तथा नेपालका प्रमुख प्रशिक्षक केबी रानाको प्रशिक्षणले खारिएकी रानाको योसँगै स्वर्ण पदकको सङ्ख्या १७ पुगेको छ । रुपन्देहीको तिलोत्तमा–६ का सन्तु दङ्गोरिया थारूले पनि अन्तर्राष्ट्रिय कराँतेमा सानदार प्रदर्शन गर्दै व्यक्तिगत खातामा स्वर्ण पदकको सङ्ख्या बढाए । कुमितेतर्फ सिनियर स्पर्धामा भारतका खेलाडीलाई पराजित गरी उनले स्वर्ण पदक हासिल गरे । योसँगै थारूको स्वर्ण पदकको सङ्ख्या १७ पुगेको छ । यसअघि सन् २०१७ मा भारतको दिल्लीमा सम्पन्न च्याम्यिनसिपमा स्वर्ण पदक जितेका उनले फेरि पटनामा पनि भारतीय खेलाडीलाई पराजित गरे । चौध वर्षदेखि मिसन सङ्घमा आबद्ध रहेर सीप निखारिरहेका थारूको भविष्यमा कुशल प्रशिक्षक हुने धोको छ । आमा सनउइको प्रेरणाले कराँते खेल्न थालेका सन्तुलाई अहिलेसम्म कुनै पनि प्रतियोगितामा दोस्रो हुनुपरेको छैन । सन् २००४ मा दिल्लीमा भएको च्याम्यिनसिपमा पहिलो स्वर्ण पदक जितेका उनी नेपाली टिमका सिनियर खेलाडी हुन् । रुपन्देहीको शङ्करनगर–१ कि १८ वर्षीया शिवानी बस्नेतले पनि भारतमा आयोजित अन्तर्राष्ट्रिय कराँतेमा राम्रो प्रदर्शन गरी स्वर्ण पदक जितिन् । यसअघि भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो छवि बनाएकी उनले स्वर्ण पदकको सङ्ख्या पाँच पु¥याइन् । बाह्र वर्षको उमेरदेखि मिसन सङ्घमा आबद्ध भएर कराँते खेल्न थालेकी शिवानीको भविष्यमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट कराँते खेलाडी बन्ने लक्ष्य छ । कास्कीबाट रुपन्देहीको सियारी गाउँपालिका झरेकी २० वर्षीया छिरिङ गुरुङले पनि भारतको पटनामा भएको अन्तर्राष्ट्रिय कराँतेमा उत्कृष्ट प्रदर्शन गर्दै कराँतेका च्याम्पियन बने । नौ वर्षदेखि मिसन सङ्घमा आबद्ध भएर कराँते खेल्न शुरु गरेकी गुरुङले योसँगै दुई वटा स्वर्णपदक जितेकी छन् । बिहारको राजधानी पटनास्थित पाटलीपुत्र स्पोर्टस् कम्पेलेक्समा सम्पन्न खेलमा नेपालका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरी सबैलाई चकित पारे । “नेपाली खेलाडी राम्रो खेल्छन्”, अल इण्डिया सितोरयो कराँते डो एकेडेमीका अध्यक्ष राजु थापा भन्छन्, “नेपालका प्रशिक्षक केबी रानाको प्रशिक्षणले कहिल्यै हार्दैन ।” समूह विजेता बनेपछि खेलाडीले पाटलीपुत्र स्पोट्र्स स्टेडियममा राष्ट्रिय झण्डासहित खुशी मनाउँदा नेपाली खेलाडीप्रति गर्व महसुस भएको मिसन सङ्घका रुपन्देही अध्यक्ष उमेश थापामगरले बताए । च्याम्पियनसिपमा नेपालका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै २० स्वर्ण पदक जितेपछि प्रशिक्षक केबी रानाको प्रशिक्षण कलाको चर्चा भयो । भारत, बङ्गलादेश, भुटानका प्रशिक्षकले खेल मैदानमै पुगेर रानालाई बधाई दिँदै उनको प्रशिक्षणको खुलेर प्रशंसा गरे । “ठीक समय, ठीक पोशाक, ठीक ठाउँ नै मेरो मूलमन्त्र हो”, प्रशिक्षक रानाले भने, “जितका लागि खेलाडी स्वस्थ, असल र रामो संस्कार भएको हुनुपर्छ ।” (


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video