पर्यटन /बिबिध समाचार
Apr 24, 2019
भृकुटीमण्डपमा शुक्रबार देखि आन्तरीक पर्यटन मेला हुंदै, प्याराग्लाइडिङ, केबलकार देखि बञ्जिजम सम्म भृकुटीमण्डपमै !
काठमाण्डौं । बैशाख ११ । नेपालमानै पहिलो पटक निजी क्षेत्रको पहलमा हुनगइरहेको आन्तरीक पर्यटन मेला (डोमेस्टिक टुरिजम मार्ट DTM ) को तयारी अन्तीम चरणमा पुगेको छ । गन्तव्य नेपाल ग्रुपको पहलमा काठमाण्डौंको भृकुटीमण्डपमा यहि बैशाख १३ र १४ गते हुन गइरहेको मेलाको सम्पुर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरि आयोजकहरुले जानकारी दिएका छन् ।
मेलामा ७७ जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यापारीक स्टलहरु ( हस्तकलाका सामग्री,¥याफ्टिङ, बञ्जिजम, जिपफ्लाएर, केबलकार, टुरिजम शैक्षिक कलेज, पर्यटक यातायात, देश बिदेशको भ्रमण,आकाशबाट धर्ती हेर्ने,प्याराग्लाइडिङ,काठमाण्डौ–मोफलका होटल तथा रेष्टुरेन्ट, ७ वटै प्रदेशको बिभिन्न स्वादका परिकार, होमस्टे र सुचना तथा प्रविधि लगायतको स्टलहरुको एकै ठाँउबाट अबलोकन गर्न सकिने गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी “अविरल”ले जानकारी दिए ।
मेलामा राष्ट्रिय कला संस्कृतिको प्रदर्शनी बिभिन्न जातजातिको संस्कृतिक झल्किने तथा राष्ट्रिय पहिचान दिने खालका झाँकीहरुको नृत्य प्रस्तुती रहने छ । त्यस्तै कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको लोकदोहोरी गीत सहितको संस्कृतिक कार्यक्रम समेत रहने छ । 
आज नेपाल पर्यटन बोर्डमा कार्यक्रमको अन्तीम तयारी सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपस्थीत सहभागिहरुले डिटिएम पर्यटन क्षेत्रमा राष्ट्रिय मेलाको रुपमा रहेको बताएका छन ।
ने
पाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले डिटिएम सफलता उन्मुख रहेको भन्दै सबैले आआफ्नो ठाँउबाट सहयोग गर्न आह्वान गर्नुभयो । निजी क्षेत्रबाट पहिलोपटक आयोजना गर्न लागिएको यस कार्यक्रमको सफलतासँग सिंगो पर्यटनको सफलता जोडिएको भन्दै उहाँले भन्नुभयो–‘यो गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले गरेको कार्यक्रम हो, तर अब यो गन्तव्य नेपालको मात्रै भएन, यो असफल भयो भने सिंगो पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुन्छ, त्यसैले सबैले आआफ्नो ठाँउबाट यसको सफलताको लागि भुमिका खेलौ ।’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले डिटीएम नेपालको आन्तरीक पर्यटन प्रवद्र्धनको एउटा महत्वपुर्ण माध्यम बन्ने बिश्वास व्यक्त गर्दै यसलाई बार्षिक क्यालेन्डरका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का पूर्व अध्यक्ष डिबी लिम्बु, गाँउ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालका पूर्व अध्यक्ष तथा डिटिएम सद्भावना दुत कमल सापकोटा, टानको पूर्व कोषाध्यक्ष तथा डिटीएम सद्भावना दुत गोपालबाबु श्रेष्ठ लगायतले डिटीएमको आवश्यक्ता औल्याउँदै यसलाई नमुना पर्यटकीय गतिबिधीका रुपमा अगाडि बढाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । डिटीएमका अध्यक्ष शिव अधिकारी ‘अबिरल’ ले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन र देश चिनाउने मुख्य उदेश्यका साथ एकै ठाँउबाट देशको सान झल्काउने हिसाबले डिटिएम आयोजना गरिएकाले आम नागरिकलाई सहभागिताका लागि अपिल गर्नुभयो । यो सबैको साझा पर्यटनको रुपमा बुझिदिन पनि उहाँले आह्वान गर्नुभयो ।
डिटिएमका संयोजक माधबप्रकाश सुबेदीले कार्यक्रमको सम्पुर्ण तयारी पूरा भईसकेको भन्दै सरकारसँग हातेमालो गर्दै मेला सफल बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video