सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
मनाेरञ्जन/रोचक
Apr 25, 2019
नाटक ‘बाकस’ मञ्चन
पोखरा,  वैशाख १२ पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बाकस’ मञ्चन भइरहेको छ । पोखरा थिएटरको छैटौँ प्रस्तुतिको रूपमा यही वैशाख ६ बाट मञ्चन भइरहेको नाटक २१ गतेसम्म निरन्तर मञ्चन हुनेछ । नाटक हेर्ने दर्शकको सङ्ख्या बढ्दै गएको पोखरा थिएटरले जनाएको छ । नाटकले देशको समसामयिक विषयवस्तुको चित्रण गरेको छ । यसअघि पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन भएका नाटकभन्दा फरकपना यस नाटकमा देखिएको दर्शकको भनाइ रहेको छ । यही नाटकबाट २५ वर्षपछि नाटक निर्देशनमा सरुभक्त श्रेष्ठले ‘कमब्याक’ गरेका छन् । उनको २५ वर्षको कमब्याकलाई ओजिलो बनाउन कलाकारले भरमग्दुर प्रयास गरेका छन् । नाटकलाई सरुभक्त श्रेष्ठले नै लेख्नुभएको हो । नाटक बाकसमा परिवर्तन, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, नवराज गिरी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, बुद्धि खनाल, सोनिया खत्री, ईश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, सङ्गम लामिछाने, पार्वती थापा, दीक्षा कार्कीको अभिनय रहेको छ । यसैगरी प्रतिभा अधिकारी, अञ्जु दाहाल, नारायण क्षेत्री, विजोन उदास, धुव्र पौडेल, निशान ताम्राकार, विक्रम उदास, प्रतिक घिमिरे आदि कलाकारको अभिनय हेर्न पाइनेछ । पोखरा थिएटरको गन्र्धव नाटकघर सञ्चालन भएपछि मञ्चन हुने यो ३० औँ नाटक हो । नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त ‘सो’ का रुपमा दिउँसो एक बजेसमेत मञ्चन हुनेछ । नाटक हेर्न रु तीन सय र रु पाँच सयको टिकट लाग्नेछ । बुकिङमार्फत समेत नाटकलाई मञ्चन गर्ने तयारी थिएटरले गरेको सञ्चालक दिलप्रसाद गुरुङले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video