विचार/अन्तरवार्ता
Nov 14, 2014
संचार क्षेत्रबाट पनि नयाँ कलाकारको खोजी गर्ने अनि पुरानालाई सक्रिय बनाउने योजना छ अधिकारी

किरण प्रसाद अधिकारी बहुप्रतिभाशाली व्यक्ति हुन् भन्दा अतियुक्ति नहोला । २०३९ सालमा नुवाकोटको तुप्चे गाउँ विकास समितिमा जन्मेका हन् । पिता जनक प्र. अधिकारी तथा माता रेनुका अधिकारीको कोखबाट जन्मेका उनी हाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपालको वाग्मती अंचल समितिको अध्यक्ष, एभरेट नेपाल कल्चरल ग्रुपको निर्देशक, अन्तराष्ट्रिय लोक सांस्कृतिक मेलाको निर्देशक, नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष, नेपाल संस्कृतिक संघ नुवाकोटको महाधिवेसन प्रतिनिधी तथा अभिभावक संघ नुवाकोटको सल्लाहकार लगायत धेरै संघ संस्थामा आवद्ध हुनुहुन्छ । पत्रकारिता, कलाकारीता अनि सामाजिक सेवा समेत उत्तिकै क्रियाशिल किरण अधिकारी संग सगरमाथा पोष्टले गरिएको कुराकानी

१. सन्चै हुनुन्छ ? के मा व्यस्त हुनुुन्छ ?

हजुर । एकदम आराम छु । आफ्नो नित्य कर्मको अलावा पत्रकारिता, कलाकारिता र सामाजिक सेवामा व्यस्त छु ।

२. किरण अधिकारीलाई के भनेर चिन्ने ?

हेर्नुहोस मेरो पहिलो कार्य पत्रकारिता नै हो । म संगित क्षेत्रमा पनि मेरो उत्तिकै लगाव छ । त्यसैले म यही हुँ भन्दा पनि पत्रकार अनि कलाकार भनौँ र त्यो भन्दा पनि संगित, कला र संस्कृतिको सम्वद्र्धनमा खटेको मान्छे हुँ ।

३. कसरी गर्नुहुन्छ समयको संयोजन ?

हेर्नुहोस् भगवानले पनि तँ आट म पु¥याउछु भन्छन् । आफ्नो इच्छाशक्ति हुनुपर्छ समय संयोजन गर्न सकिन्छ ।

४. धेरै तिर हात हाल्नु भएको छ ? पारिवारिक सहयोग कत्तिको छ ?

त्यसो धेरै तिर हैन । दुइतीन वटा र हेर्नुहोस् पारिवारिक सहयोग विना कोही पनि सफल हुन सक्दैन । यस कुरामा मलाई मेरो परिवारको पुर्ण सहयोग छ ।

५. के छ प्रतिष्ठानको अंचल समितिको गतिविधी ?

अंचल समिति प्रतिष्ठानको कान्छो समिति हो । विशेषगरि अहिले समिति विस्तार कै क्रममा श्रष्टा, सर्जक को खोजी गर्दछौँ । त्यसैगरि केन्द्रबाट प्राप्त निर्देशनहरु पालना गरिरहेका छौँ ।

६. समितिले के ग¥यो हालसम्म ?

समिति अस्तित्वमा आइसकेपछि हामीले जिल्ला अध्यक्ष तथा सल्लाहकारहरुको भेला सम्पन्न गरेको छौँ । त्यसैगरि अघिल्लो तिजमा घादिङमा एक भव्य कार्यक्रम गर्न सफल भएको छौँ ।

७. तपाई त एभरेष्ट नेपाल कल्चरल ग्रुपको निर्देशक हुनुहुन्छ ? कस्तो खालको संस्था हो ?

हजुर सही कुरा भन्नुभयो । एभरेष्ट नेपाल लोपउन्मुख संस्कृति संरक्षण सम्वद्र्धन गर्ने अनि नेपाल संस्कृतिलाई अन्यत्र देखाउने र अन्य देशको संस्कृतिलाई नेपालमा देखाउन स्थापित भएको संस्था हो ।

८. यो मेला कहिले कहिले हुन्छ ? सरकारी सहयोग कतिको छ ?

यो मेला हरेक २÷२ वर्षमा हुन्छ । हेर्नुहोस् सरकारी सहयोगको कुरा के गर्नु । सरकारले गर्ने काम हामी निजी संस्थाले गरिरहेको छौँ । तर सहयोग सुन्य छ ।

९. मेला कुन कुन ठाउँमा भयो हालसम्म ?

मेला हालसम्म सुर्खेत, पाल्पा, बुटवल, नुवाकोट, धादिङ, काठमाण्डौँ, ललितपुर र भक्तपुरमा सम्पन्न गरिसकेका छौँ ।

१०. तपाई त पत्रिका पनि प्रकाशन गर्नु हुन्छ होइन ?

हजुर । नुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएर सुन्दरादेवी सन्देश साप्ताहिक पत्रिका प्रकाशन गरिरहेको छु । अहिले यसको बजार विस्तार हुँदै काठमाण्डौँ रसुवा घादिङ सम्म पुगेको छ।

११. पत्रिकामा कस्ता खालका गतिविधी समेटिन्छ ?

पत्रिकालाई राजनिति भन्दा टाढा राखेको छु । विशेषगरि स्थानिय गतिविधी, सामाजिक क्षेत्र अनि लोक संगितलाई स्थान दिएको छु ।

१२. लोक संगितलाई बढी प्राथमिकता दिनुको उद्देश्य ?

संचार क्षेत्रबाट पनि नयाँ कलाकारको खोजी गर्ने अनि पुरानालाई सक्रिय बनाउने योजना हो । सफल पनि भइरहेको छु । पत्रिकामा समाचार र प्रोफाइल न्युज प्रकाशन भइसकेपछि कतिपय कलाकार विदेशमा समेत कार्यक्रम गर्न पुगेका छन् ।

१३. कलाकारीता र पत्रकारिता दुवैबाट सन्तुष्ट हुनुहुन्छ ?

हेर्नुहोस्, सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी । त्यसैले म आफ्नो पेशामा सन्तुष्ट छु ।

१४. संगित के हो ?

संगित दुःख सुखको साथी हो । संगितमा जीवन जिउने आधार भेटेको छु ।

१५. प्रेम के हो ?

प्रेम दुइ मुटुको मिलन हो । परिभाषा सबैको आ–आफ्नै हुन्छ ।

१६. प्रेम प्रस्ताव कत्तिको आउँछन् ?

हा हा ..... । सोझै त आएको छैन । घुमाइ फिराई आउँछन् । आउँदैन भनेर म ढाट्दीन ।

१७. के लाग्छ तपाईलाई की, तपाइको कलालाई मन पराएका ?

मलाई भन्दा पनि मेरा कला, शिप अनि रचना मन पराएका हुन् । म त्यसैरी नै बुझ्छु ।

१८. के छ तपाइको आगामी योजना ?

मेरो योजना त धेरै छन् । तर त्यो भन्दै गर्दा महत्वकांक्षी नभन्नु होला । मेरो आफ्नै एउटा एल्बम निकाल्ने तयारीमा छु । तर प्राविधिक कारणले गर्दा केही ढिला भएको छ ।

१९. कस्तो खालको छ ?

म लोक संगित, संस्कृति प्रेमी भएकोले लोक दोहोरी गित निकाल्ने पक्षमा छु । एल्बममा सामाजिक परिवेशलाई समेट्ने छु ।

२०. अन्तमा के भन्नु हुन्छ ?

मेरो विचार राख्न दिनु भयो । अत्यन्त आभारी छु । तपाइ र सगरमाथापोष्ट डटकमलाई धन्यवाद दिदै प्रगतिको कामना गर्दछु ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video