पर्यटन /बिबिध समाचार
Apr 27, 2019
पहिचानका लागि खेलकूदको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल
 काठमाडौँ, १४ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकूदको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल भलिबल सङ्घले ललितपुरको लगनखेलमा आजदेखि शुरु गरेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेका छन्, खेलकूद क्षेत्रमा नेपाली महिलाको योगदानले देशको शीर उच्च भएको छ ।” केही महिनाअघि विराटनगरमा भएको साफ महिला फुटबल प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शनले यस विषयलाई प्रमाणीत गरेको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्री दाहालले खेलकूद क्षेत्रमा राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यस पटकको बजेटमा समेत भलिबललाई आवश्यक बजेट छुट्ट्याउन पहल गर्ने बताउनुभयो । नेपाल भलिबल सङ्घले यसैवर्ष अन्तर्राष्ट्रियस्तरको महिला भलिबल आयोजना गरेकामा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video