स्थानीय सरकार
May 02, 2019
प्रदेशसभाको बैठक स्थगित
विराटनगर,  वैशाख १९ ।  प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक आज विशेष कारण स्थगित भएको छ । प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले आज जारी गर्नुभएको सूचनाअनुसार सो बैठक वैशाख २२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाको वैशाख १५ गते बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७५ नियम ५८ (क) बमोजिम प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्ताव र सोही नियमावलीको नियम ५८ (ख) बमोजिम प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव वैशाख १९ गतेभित्र पेश गर्नु हुन प्रदेशसभाका सदस्यलाई निर्देशन दिनुभएको थियो । नाम र स्थायी राजधानीको विषयमा सहमति जुट्न नसकेर नै आजको बैठक स्थगन भएको नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो । उहाँले सत्तापक्षको दुई बहुमत हुँदा पनि नाम र स्थायी राजधानीका विषयमा सहमति जुट्न नसकेको भन्दै प्रतिपक्षले प्रस्ताव आएपछि मात्र सहमति वा असहमतिको भूमिका खेल्ने हो त्यतिबेला नै थाहा हुने बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video