पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
राजनीति
May 03, 2019
नेपाल आइस आन फुटसल सोमबारदेखि
काठमाडौँ,  वैशाख १९ । नेपाल विज्ञापन सङ्घ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका गरी ३२ टोलीले सहभागिता जनाउँदैछन् । सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्टनेट र सर्वोत्तम सिमेन्ट रहेका छन् । समूह ‘बी’ मा भोग इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् । समूह ‘सी’ मा जनता टिभी, गोरखापत्र दैनिक, एबिसी टिभी, र शिलापत्र डटकम रहेका छन् । त्यसैगरी समूह ‘डी’ मा मेडिसिटी अस्पताल, अभानी, मुक्तिनाथ विकास बैंक र वेलकम मिडिया रहेका छन् । समूह ‘इ’मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ«े बैंक रहेका छन् । समूह एफमा मिडिया बास्केट, पिक्सन इञ्जिनीयरिङ, फ्यूचर हब र सुश्री मिडिया रहेका छन् । समूह ‘जी’ मा कान्तिपुर मिडया ग्रुप, नयाँ पत्रिका, प्रिज्मार्क र क्यूएफएक्स सिनेमा रहेका छन् । समूह ‘एच’मा कि एडभरटाइजिङ, मार्स प्रालि, एडी रिलिज र मिडिया हब रहेका छन् । वैशाख २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले रु एक लाख उपविजेताले रु ७५ हजार र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्ने आनका अध्यक्ष रवीन्द्रकुमार रिजालले जानकारी दिनुभयो । सोतोकान टोली आज भारत द वल्र्ड सोतोकान कराँते डो महासङ्घ, भारतको आयोजनामा हुने दक्षिण एसियाली (डब्लुएसकेएफ) कराते च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज भारतको चेन्नइ प्रस्थान गर्दैछ । यही वैशाख २१ र २२ गते हुने प्रतियोगिताको पुरुष ६५ केजीमा सुदीप पाण्डे तथा ७० केजीमा फणिन्द्रप्रसाद जङ्गमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल सोतोकान कराँते सङ्घका अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकका रुपमा मधु पौडेल पनि टोलीसँगै चेन्नइ जाँदैछन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video