स्थानीय सरकार
May 03, 2019
‘कर्णालीको विकासका लागि गुरुयोजना बनाइ
काठमाडौँ,  वैशाख २० कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभयो । उहाँले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले सङ्घले प्रदेश र स्थानीय तहका सरकारलाई समन्वय गरेर काम गर्न नसकेको धारणा राख्नुभयो । “सङ्घ, प्रदेश र स्थानीय तह सरकारबीच समन्वय हुन नसकेर काममा विवाद भएको छ”, उहाँले भन्नुभयो, “सङ्घले प्रदेश र स्थानीय तहलाई समन्वय गर्न अगाडि बढ्नुपर्ने छ ।” मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले कर्णाली प्रदेशलाई कस्तोरुपमा सम्बोधन गर्दछ भन्ने कुरा आज घोषणा गरिने नीति तथा कार्यक्रमबाट थाहा हुने जानकारी गराउनुभयो । उहाँले कर्णाली प्रदेश न्यायको खोजीमा रहेको भन्दै मानव विकासको सूचाङ्कलाई आधार बनाएर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । पहिलो वर्ष कानून निर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयनको सवालमा भने आफूहरुले लक्ष्य नभेटेको उहाँको भनाइ थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video