राजनीति
May 07, 2019
सङ्घीयताका मर्म विपरीत नीति तथा कार्यक्रमः संयोजक भण्डारी
काठमाडौँ, वैशाख २४ राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरत्सिंह भण्डारीले सङ्घीयताका मर्म विपरीत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको बताउनुभएको छ । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिगमनको दिशातर्फ उन्मुख भएको देखिन्छ ।” संयोजक भण्डारीले ‘मेरो सरकार’ भनेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अग्रगमन नभई प्रतिगमनको सङ्केत हो भन्दै सरकारले केन्द्रीय मानसिकताले कार्यक्रम प्रस्तुत गरेको धारणा व्यक्त गर्नुभयो । संविधानप्रति असन्तुष्टिको सम्बोधन नगरी सरकारले विभेदको चरित्र प्रदर्शन गरेको उल्लेख गर्दै उहाँले संविधानमा भएको त्रृटिलाई सच्याइ अवयवलाई पूर्णता नदिएसम्म आफ्नो दल आन्दोलनमा रहने बताउनुभयो । उहाँले सरकार न्यायपालिकालाई गलत बाटोतर्फ लैजाने क्रियाकलाप गरिरहेको आरोप पनि लगाउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video