काठमाण्डौ, वैशाख २६ । यहि वैशाख २५ गते ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमको समन्वय र कोन्ज्योसोम गाउँपालिका वडा नम्वर १ को आयोजनामा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सितानको प्रमुख आतिथ्यमा लैङ्गिक हिंसा विरूद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव उपरीक्षक अन्जना श्रेष्ठ र प्रहरी निरीक्षक फुलमाया घिसिङले कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरूलाई लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला तथा बालबालिका माथी हुने यौनजन्य दुर्व्यवहारको बारेमा जानकारी दिनुभयो । समाजमा देखिने त्यस्ता क्रियाकलापहरूबाट बच्न अपनाउन पर्ने सावधानी तथा कानुनी प्रक्रियाको बारेमा जानकारी दिनुका साथै जनचेतनामुलक श्रव्यदृष्य सामाग्रीहरू प्रस्तुत गर्नुभएको थियो । समाजमा घटेका सानो घटनाले भविष्यमा ठुलो रूप लिने हुनाले कुनै पनि त्यस्ता गतिविधीहरू देखेमा वा सुनेमा नजिको प्रहरी कार्यालय वा प्रहरी हटलाई १०० मा खबर गर्नहुन सवैमा अनुरोध गर्नुभयो ।