समाज
May 10, 2019
लामाको अठोट पूरा गर्न ‘भ्रष्टाचारविरुद्ध अभियान’
काठमाडौँ, वैशाख २७ नेपालको कम्युनिष्ट आन्दोलनका नेता निर्मल लामाको अठोट पूरा गर्न भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्न लागिएको निर्मल लामा स्मृति प्रतिष्ठानले जनाएको छ । लामाको १९औँ स्मृति दिवसको अवसरमा आज राजधानीमा उक्त अभियान घोषणा गरिएको हो । प्रतिष्ठानका अध्यक्ष एवम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता अमिक शेरचनले जीवनको अन्तिम क्षणसम्मै भ्रष्टाचार नियन्त्रणमा चिन्तित नेता लामाको अठोट पूरा गर्न अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अहिले पनि लामाको बाटोमै आफू हिँडिरहेको उल्लेख गर्दै शेरचनले भन्नुभयो, “जनताको प्रिय र मजदूर वर्गको सच्चा नेता लामा निजी स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा सधैँ अग्रसर हुनुहुन्थ्यो ।” प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ भन्ने गरेको भ्रष्टाचारमा शून्य सहनशीलताको विकास गरी सुशासन कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने आकाङ्क्षा पूरा गर्न अभियानबाट सघाउ पुग्ने उहाँले बताउनुभयो । आगामी दिनमा छलफल गरी पहिलो चरणमा वैचारिक अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने तथा अर्को चरणमा जनतामाझ गएर प्रचारप्रसारका कार्यक्रमसहित अभियान चलाइने शेरचनले बताउनुभयो । नेकपाका अर्का नेता लीलामणि पोखरेलले लामालाई कम्युनिष्ट आन्दोलनमा समाजका सबै वर्गका उत्पीडनको नेताका रुपमा स्मरण गर्दै उहाँको इच्छा भ्रष्टाचार नियन्त्रण रहेको बताउनुभयो । अहिले पनि नीतिगत रुपमा होस् या अन्य तरिकाले भ्रष्टाचार कायमै रहेको र कम्युनिष्टहरु यस्ता क्रियाकलापमा फस्न नहुनेमा उहाँले जोड दिनुभयो । अर्का नेता दीनानाथ शर्माले प्रधानमन्त्रीको भ्रष्टाचार नियन्त्रण गर्ने अठोटलाई सो अभियानले सहयोग पु¥याउने भन्दै लामाले देखाएको बाटोमा कम्युनिष्टहरु लाग्नुपर्नेमा जोड दिनुभयो । नेकपाका वरिष्ठ सदस्य विष्णुबहादुर मानन्धरले विगतमा लामाले देश र जनताको पक्षमा गरेका आन्दोलनको चर्चा गर्नुभएको थियो । साहित्यकार तुलसीदास महर्जन र डिआर पोखरेलले निजी स्वार्थलाई वास्ता नगरी जीवन समर्पित गरेका नेता लामा तत्कालीन समयका राजनीतिक ‘आइडल’ भएको स्मरण गर्दै उहाँले निष्कलङ्क जीवन जीउनुभएको बताउनुभयो । नेता लामा रोगले पीडित भएपछि जीवनको अन्तिम समयमा नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र मसालको केन्द्रीय सदस्य रही जिम्मेवारी सुम्पिएर बस्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video