पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
समाज
May 10, 2019
पच्चीस प्रतिशत पारिश्रमिक वृद्धिपछि आन्दोलनरत मजदुर काममा फर्किए
काठमाडौँ,  वैशाख २७ सरकारले घोषणा गरेको न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षालगायत सेवा सुविधा उपलब्ध गराउन व्यवसायी तयार भएपछि राजधानीको बागबजार क्षेत्रमा रहेका कपडा तथा सिलाई पसलमा कार्यरत श्रमिक काममा फर्केका छन् । व्यवसायी र आन्दोलनरत श्रमिकबीच पारिश्रमिक वृद्धि, तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउनेलगायत १२ बुँदे सहमति भएसँगै सम्पूर्ण श्रमिक आजदेखि नियमित काममा फर्किएको अखिल नेपाल पसल तथा सेल्स मजदुर सङ्घ बागबजार कमिटीका अध्यक्ष रामहारि गौतमले जानकारी दिनुभयो । दुई पक्षबीच बढ्दो महँगीलाई मध्यनजर गर्दै खाइपाई आएको आधारभूत पारिश्रमिकमा २५ प्रतिशले वृद्धि गर्ने सहमति भएको छ । वृद्धि गरिएको २५ प्रतिशत तलबमध्ये यही वैशाख १ गतेदेखि लागू हुने गरी १५ प्रतिशत र २०७७ वैशाख देखि १० प्रतिशत पारिश्रमिक वृद्धि गरिने सहमतिमा उल्लेख गरिएको छ । त्यसैगरी नयाँ नियुक्ति भएका कर्मचारीको हकमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने र एक वर्ष काम गरेको कर्मचारीको हकमा कार्यवर्षको अनुपातमा सोही बमोजिम ग्रेड वृद्धि गरी तलब समायोजन गर्ने सहमतिसमेत भएको छ । सरकारले गत साउन १ गतेदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक रु १३ हजार ४५० तोकेको छ । एक बीस दिनभन्दा बढी काम गरेको श्रमिकलाई आजकै मितिदेखि स्थायी नियुक्तपत्र दिने, नयाँ कामदार नियुक्त गर्दा १२० दिन तालीम र परीक्षण अवधि राखी सो अवधि पूरा गर्ने सबैलाई स्थायी नियुक्ति पत्र दिने तथा उपदान कोषको सम्बन्धमा श्रम ऐन बमोजिम कार्यान्वयन गर्ने सहमति भएको छ । त्यसैगरी सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने, कोषमा सूचीकृत नहुञ्जेलसम्म आधारभूत पारिश्रमिकमा १० प्रतिशत थप गर्ने, प्रत्येक मजदुरको रु सात लाखको २४ घन्टे बीमा गर्ने, सम्पूर्ण श्रमिकलाई ३४ दिन घर बिदा र १२ दिन सार्वजनिक दिने, मजदुरको खाजा भत्ता दैनिक रु १५० दिने सहमति भएको छ । सहमतिअनुसार प्रत्येक महिनाको ५ गतेभित्र सम्पूर्ण श्रमिकको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गरिनेछ । आन्दोलनरत श्रमिक र मजदुरबीच भएको उक्त सम्झौता २०७८ असार मसान्तसम्म क्रियाशील रहने र सो समयपछि नेपाल सरकारले तोक्ने श्रमिकको पारिश्रमिकलयायत सेवा, सुविधालाई वृद्धि गर्दै जाने सहमति भएको छ । सहमतिपत्रमा सङ्घको तर्फबाट अध्यक्ष गौतम, उपाध्यक्ष उपाध्यक्ष कृष्ण नेपाल र सचिव अस्मिता प्रधान तथा व्यवस्थापकको तर्फबाट ‘हिलटप टेलर्स’का तर्फबाट जुजुभाई महर्जन, ‘अनुपम सर्टिङ सुर्टिङ टेलरिङ’को तर्फबाट लीला राई, ‘द ह्यारी कलेक्सन’को तर्फबाट राजमान महर्जन र ‘टिपटप टेलर्स’को तर्फबाट चन्द्र रणपाललगायतले हस्ताक्षर गर्नुभएको छ । बागबजार क्षेत्रमा रहेका कपडा तथा सिलाई पसलमा कार्यरत सम्पूर्ण श्रमिक व्यवसायीले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले गरेको व्यवस्था कार्यान्वयन नगरेको भन्दै आन्दोलित भएका थिए । उनीहरुले यही वैशाख २२ गतेदेखि कालोपट्टी बाँधेर धर्ना शुरु गरेका थिए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video