सेना/ प्रहरी/ शशस्त्र समाचार
May 10, 2019
त्रिभुबन बिमानस्थलबाट एक लाख अबैध अमेरीकी डलर सहित एक भारतीय पक्राउ
काठमाण्डौं । बैशाख २७ । त्रिभुबन बिमानस्थलबाट अबैध एक लाख अमेरीकी डलर सहित एक भारतीय नागरीक पक्राउ परेका छन् ।
नेपाल बायुसेवा निगमको आरए २०१ को उडानद्धारा भारतको मुम्बई जाने क्रममा रहेका ४४ बर्षीय भारतीय नागरीक बन्दना सोनी भन्ने बन्दना घनस्याम सोनी पक्राउ परेका हुन् । उनलाई चेकजाँच गर्ने क्रममा आज दिँउसो करिब १ बजे १ सय दरका १००० अमेरीकी डलर सहित पक्राउ गरिएको अन्तराष्ट्रिय बिमान सुरक्षा कार्यालय गौचरनले जनाएको छ । पक्राउ परेका सोनीलाई थप कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभबन, ललितपुर पठाइएको अन्तराष्ट्रिय बिमान सुरक्षा कार्यालय गौचरन निमित्त प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकारद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।    


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video