राजनीति
May 12, 2019
असंसदीय शब्द हट्यो, राम्रो भयो : सभापति देउवा
काठमाण्डौं । बैशाख २९ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघिको संसद्मा बोलिएको असंसदीय शब्दलाई तत्काल हटाउन सभामुखले हिम्मत गर्न नसकेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै पूर्वप्रधानमन्त्री देउवाले संसद्मा प्रधानमन्त्रीले संसदीय परम्परा बाहिर गएर बोल्नुभएको जिकिर गर्दै बोलिएका शब्द ढिलो भए पनि रेकर्डबाट हटाइँदा राम्रो भएको बताउनुभयो । देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रता, न्यायालय सबै क्षेत्रमा हस्तक्षेप भएको भन्दै पार्टीले थालेको जनजागरण अभियानका क्रममा सरकारले गरेका गलत कामको खबरदारी गर्न लागिएको बताउनुभयो । देउवा सम्मानित काङग्रेस सभापति देउवालाई महेशरामायण सभा (सीताराम माध्यमिक विद्यालय) डोटीले यहाँ आज गरेको कार्यक्रममा सम्मानित गरिएको छ । सभाले आफ्नो हीरक (६०औँ स्थापना दिवस)का अवसरमा गरेको कार्यक्रममा उक्त विद्यालयबाट विसं २०१९ मा प्रवेशिका परीक्षा(एसएलसी) उत्तीर्ण गर्नुभएका पूर्वप्रधानमन्त्री देउवालाई सम्मानित गरिएको हो । समारोहमा विद्यालयका पूर्वप्राचार्य लोकराज पन्तले दोसल्ला र प्रमाणपत्रले देउवालाई सम्मानित गर्नुभएको थियो । समारोहमा नेकपाका नेता एवं सांसद लेखराज भट्ट, पूर्वसांसद भक्तबहादुर बलायर, वीरबहादुर बलायर, प्रदेशसभा सदस्य पूर्णा जोशी लगायतलाई पनि सम्मानित गरिएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video