पर्यटन /बिबिध समाचार
May 13, 2019
कान्तिपुर टेलिभिजनका चर्चीत समाचार प्रस्तोता बिकास थपलिया, पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारी सहित पत्रकार सम्मानीत
काठमाण्डौं । बैशाख ३० । कान्तिपुर टेलिभिजनका चर्चीत समाचार प्रस्तोता बिकास थपलिया सम्मानीत भएका छन् । न्युजलाईन्स मिडियाको दोश्रो बार्षिकोत्सबको अवसरमा आइतबार काठमाण्डौंमा आयोजना गरिएको कार्यक्रममा मन्त्री परिषदका पुर्व अध्यक्ष एवं पुर्व प्रधानन्यायधीश खिलाराज रेग्मीले थपलियालाई सम्मान गरेका हुन् । झण्डै दुई दशक पत्रकारीतामा क्रियाशील पत्रकार थपलियाले पत्रकारीतमा पु¥याएको अतुलनीय योगदानको कदर गदै न्युजलाईन्स मिडियाले सम्मान गरेको हो । यस अघि थपलियाले एक दर्जन बढी पत्रकारीता सम्मान र अवार्ड प्राप्त गरिसकेका छन् । 
Image may contain: 6 people, people smiling, people standing, suit and indoor
त्यस्तै न्युजलाईन्स नेपालको बार्षिकोत्सबको अवसरमा राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)का अध्यक्ष तथा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी “अबिरल”सम्मानीत भएका छन्  । हालै मात्र निजी क्षेत्रबाट पहिलोपटक आयोजना गरिएको आन्तरीक पर्यटन मेला (डिटीएम)लाई भव्यताका साथ सम्पन्न गरेको भन्दै न्युजलाईन्स नेपालले अधिकारीलाई सम्मान गरेको हो । गन्तव्य नेपाल इभेन्ट मेनेजमेन्ट मार्फत यहि बैशाख १३ र १४ गते काठमाण्डौंको भृकुटीमण्डपमा भव्य मेला सम्पन्न गरेको थियो । भ्रमण बर्ष २०२०लाई लक्षीत गदै डिटीएम मेलाका संयोजक माधव प्रकास सुवेदी समेत सम्मानीत भएका छन् । 
त्यस्तै कुमार चालिसे, शिवहरि खनाल, राजेन्द्र मर्हजन, महेन्द्र अधिकारी, विष्णुमाया पौडेल, अबिनाश प्रसाईं, रामबहादुर थापा, मनिषा श्रेष्ठ, मनोजकुमार श्रेष्ठ(भरेल), नारायण रेग्मी समेत सम्मानीत भएका छन् । 
न्युजलाइन्सको बार्षिकोत्सबको अवसरमा पत्रकार न्युज अभियानका पत्रकार सागर श्रेष्ठ, राजधानी दैनिकका मधुजंघ पाण्डे, राससका अच्युत रेग्मी, सगरमाथा पोष्टका तुलसा कोइराला लगायतलाई मायाँको चिनो प्रदान गरिएको थियो । 
कार्यक्रममा नेकपाका नेता, पुर्व स्थानीय विकास मन्त्री तथा प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डे, नेपाल पर्यटन बोर्डका सञ्चालक सदस्य दिपक महत, बामपन्थी नेता लोककृष्ण भट्टराई लगायतको उपस्थीति रहेको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video