सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
स्थानीय सरकार
May 13, 2019
हावाहुरी पीडितका लागि प्रदेश नं १ सरकारद्वारा रु एक करोडको चेक हस्तान्तरण
धनुषा,  वैशाख ३० प्रदेश नं १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारापर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं १का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपत्मा प्रदेश नं १ ले सानो सहयोग गरेर प्रदेश नं २ को विपत्मा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताउनुभयो । प्रदेश नं २ का मुख्यमन्त्री राउतले प्रदेश नं १को सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक सङ्घीय संरचनामा गएपछि प्रदेश प्रदेशबीचको सहकार्य र सम्बन्ध मजबुत बनाउने आधार प्रारम्भ भएको बताउनुभयो । बारा पर्सामा गत चैत १७ गते आएको हावाहुरीमा २९ जनाको मृत्यु भएको हो भने करोडौँको धनमालको क्षति भएको थियो । कर्मचारीको एक दिनको तलब प्रदेश नं २ का प्रदेश प्रमुखको कार्यालय तथा निजी सचिवालयका कर्मचारीले एक दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी बारापर्साका हावाहुरीबाट प्रभावितका लागि पठाएका छन् । हावाहुरीका कारण प्रभावित तथा घाइते भएकाहरुका लागि राहतस्वरुप उक्त रकम पठाइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत यही वैशाख २७ गते उक्त रकम पठाइएको प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा उल्लेख छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video