सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
स्थानीय सरकार
May 13, 2019
‘तीनै तहका सरकारबीच समन्वय जरुरी’
रुपन्देही, वैशाख ३० प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको प्रदेश समन्वय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्नुहँुदै उहाँले सबै तहका सरकारबीच समन्वय र सहकार्यका आधारमा काम गरेर अगाडि बढ्न सके परिणाम हासिल गर्न सकिने बताउनुभयो । उहाँले विभिन्न जटिलताका बाबजुद पनि कूल ग्रार्हस्थ्य उत्पादन र आर्थिक वृद्धिदरका हिसाबले प्रदेश नं ५ अगाडि रहेको उल्लेख गर्नुभयो । विकासको सबैभन्दा उच्चदरको आर्थिक वृद्धिदर हासिल गरेर प्रदेश सुखद् सम्भावनातर्फ अगाडि बढेको उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पोखरेलले विभिन्न कठिनाइ झेलेर पनि प्रदेशको विकासले गति लिएकाले उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले कर्मचारीमा काठमाडौँ केन्द्रित मानसिकता हट्न नसक्दा प्रदेश सरकारले समस्या झेल्नु परे पनि अब भने नयाँ सम्भावनातर्फ प्रवेश गरेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेशमा तीन हजार जनशक्ति आवश्यक रहेकामा करीब एक हजारको हाराहारीमा कर्मचारी समायोजनबाट प्रदेश सरकारले प्राप्त गर्न सकेको बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले प्रदेशको आवधिक योजनाबारे जानकारी गराउनुभएको थियो । योजनामा ५१ विषयगत क्षेत्र समेटिएका उहाँले बताउनुभयो । प्रदेश समन्वय परिषद् बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घीयताका आयाम र वित्तीय सङ्घीयताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत विषयमा सहभागी प्रतिनिधिबीच समूहगत छलफल गरेर साझा धारणा तयार गरिने बताइएको छ । बैठकमा प्रदेशका सम्पूर्ण स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका संयोजक तथा सहसंयोजक, प्रदेशसभा सदस्य, प्रदेश सरकारका विभिन्न निकायका प्रमुखको सहभागिता रहेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video