विचार/अन्तरवार्ता
Nov 23, 2014
सोमत नभएको ऋषिमन

 

दीपेश केसि

ऋषिमन ! पत्रकार दिवाकर बागचन्दको प्रकाशोन्मुख पुस्तक ‘अकथा’ मा भनेजस्तै सोमत नभएको मन हो । त्यस्तो मन जुन आफैमा एउटा क्वालिफिकेशन (योग्यता) हो । बागचन्दकै शब्दमा जीवनबाट जीवित भएर कोही निक्लदैन । तर ऋषिमन जीवन्त हुनेछ, पंक्तिकारको ठाकुवा हो । ऋषिमन खारिन धेरै हण्डर र ठक्करहरूले भूमिका खेल्यो । सतिसालले जस्तै हुरीबतास र भारी बर्षातको सामना ग¥यो । टक्क अडिएर दुनियाँको उपहास र खिसिनिन्दा सबै सह्यो । तर कर्मलाई भुलेन । सहयोगी हातहरू फैलाउन छाडेन । ऋषिमन कुनैबेला जेलमा समेत कैद भयो ।

तपाईं हामीसँग जानुप¥यो–२०६५ सालको माघ महिनाको कठ्याङ्ग्रिदो साँझ रिपोर्टर्स क्लब नेपालको मूलढोकाबाहिर प्रहरी टोली आएर ऋषि धमलालाई भने । टेलिभिजनको पर्दामा छाउने निडर स्वभावका धमलाजी अक्क न बक्क पर्नुभयो । सायद उहाँलाई पक्राऊ पर्ने आभाष पहिल्यै भइसकेको थियो । दुई घण्टा अगाडि मात्र पंक्तिकारलाई एक्लै कोठामा राखेर सोध्नुभएको थियो, मान्छे के कारणले समस्यामा पर्छ ? मैंले प्रष्ट जवाफ दिएको थिएँ, मान्छेले खाना र सेक्सका लागि संघर्ष गर्ने हो । ज्यादा लालसा र मोहबाट सम्हालिन सकेन भने समस्यामा मात्र पर्दैन निस्कन नसक्ने खाडलमा पर्छ । धमलाजी अनुत्तरित हुनुभयो । उहाँको अनुहारमा चमक थिएन । सधै उत्साही भएर लामो लामो पाइला सार्ने उहाँको कदम असामान्य थियो । बोलीमा कुनै जोस थिएन । २०५९ सालदेखि प्रत्यक्ष संगत गरेको मैंले ऋषि धमलालाई कहिले त्यतिसम्म निराश पाएको थिइनँ । पक्कै केही दुःखद घटना त घट्दै छैन ? मनभरी आशंका उब्जियो ।

4

क्लबको ढोकामा प्रहरी उभिएपछि मेरो अनुमान सही ठहरियो । पक्राऊ गर्न लाग्दा मैंले आधिकारिक पत्र मागें । प्रहरी नीरिक्षक कुमुद ढुंगेल चर्को स्वरले प्रस्तुत भइरहनुभएको थियो । पत्रकारको कार्यालयमा त्यतिकै छिर्न पाइदैन पत्र देखाउन भनेपछि उहाँले माथिल्लो निकायमा फोन गर्न थाल्नुभयो । त्यसपछि प्रहरी पोशामा रहेका एकजनाले पत्र ल्याए । त्यतिञ्जेल धमलाजीले चिनेजानेकालाई मोबाइलमार्फत् सम्पर्क गर्न भ्याउनुभयो । तर कसैले केही गर्न नसकिने भनेपछि उहाँ प्रहरीको साथमा जानुभयो । मिडियामा चर्चित पत्रकारको हविगतबारे हल्ला फैलिइसकेको थियो । प्रहरीले पत्रकार सम्मेलन आयोजना गरेर घटनाबारे सार्वजनिक गर्दै ऋषिजीलाई रणवीर सेना नामको भूमिगत समूहमा आवद्ध प्रमाणित गर्न खोज्यो । उहाँविरूद्ध मुद्दा दायर भएर र्पुपक्षका लागि डिल्लीबजार कारागार चलान गरियो । उहाँसँगै पक्राऊ पर्नुभएका पत्रकारद्वय वीरेन्द्र के.एम. र रामशुभक महतो पनि कारागार चलान गरिनुभयो ।



ऋषिजी पक्राऊ पर्नुमा उहाँले क्लबको फेस टु फेस कार्यक्रममा भूमिगत समूहका एक सदस्यको प्रत्यक्ष टेलिफोन भाषण प्रस्तुत गर्न दिनु प्रमुख कारण हुनसक्छ । उहाँको सम्पर्क भूमिगत समूहसँग पनि रहेछ भन्ने सूचना सुरक्षा निकायमा पुग्यो । त्यसपछि एउटा टोली नै उहाँको पछाडि खटियो । राज्यशक्तिसँग सायदै कसैको केही लाग्छ– जेल पर्दाको अवस्थामा पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले ऋषिजीलाई सुनाउनुभएको थियो । ऋषिजीले संवेदनशील विषयमा आफूलाई संयम बनाउन नसक्दाको परिणाम भोग्नुभयो । समाचार बन्ने विषय भनेर भूमिगत समूहको सदस्यको विचारलाई मञ्च दिनुभयो । कारागार चलान भएपछि उहाँ थुनामुक्त भएपनि मुद्दा लड्दै हुनुहन्थ्यो । पछि नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले मुद्दा फिर्ता ग¥यो । उहाँमाथि जुन दाग लाग्यो त्यो मेट्न सजिलो थिएन । यद्यपि अहोरात्र पत्रकारितामा खटिएर समाजलाई आफ्नो निर्दोषपन प्रमाणित गर्न खोज्नुभयो । धेरैले ऋषि धमलाको दिन सकियो पनि भने तर उहाँ यसरी जर्बजस्त जाग्नुभयो कि पहिलेभन्दा सक्रियता बढ्यो । अर्काको दुर्गतिमा आफ्नो प्रगति देख्नेहरूको अनुमानलाई गलत ठह¥याउँदै धमलाले पुरानो साखमा आफूलाई पु¥याएरै छाड्नुभयो ।



ऋषिमन कस्तो छ3



पंक्तिकारले ऋषि धमलाजीसँग १२ वर्ष संगत गर्दा उहाँलाई एउटा दानवीर, कर्मयोगी, दृढ आत्मविश्वास भएको तर बेला बेलामा बहकिने व्यक्तिको रूपमा पाएको छु । उहाँ पूर्ण तयारी नगरी सतहमै बग्न खोज्नुहुन्छ । जुन ठूलो कमजोरी हो । चन्द्रमामा त दाग हुन्छ भने ऋषिजी एउटा मान्छे न हो । उहाँका धेरै कमीकमजोरी छन् । त्यसका बाबजुद उहाँबाट सिक्नुपर्ने धेरै गुणहरू छन् । धादिङको सामान्य परिवारबाट जन्मे हुर्केको बाल्यावस्थाको टुहुरोले शहरको स्वार्थी दुनियाँमा यतिविध्न प्रभावकारी देखाउन सक्नु सामान्य होइन । उहाँको उदार स्वभाव र ठूलो चित्त सायदै मान्छेमा हुन्छ । आफ्नो घर र कार्यालयको ढोकामा छिर्ने कसैलाई पनि रित्तो हात नफर्काउने स्वभाव छ । कसैको केही काम छ तत्काल फोनको घण्टी डायल गरिहाल्ने स्वभावले अझै गएको छैन । जस्को जे पर्दा पनि खुलेर सहयोग गर्ने बानीले कहिलेकाहीं अप्ठ्यारोमा पनि पारेको छ । तरपनि सहयोगी बानी गएको छैन ।



२०६२ सालको दशैंमा उहाँको गाउँ ज्यामरूङ जाने मौका मिल्यो । धादिङबेसीबाट गाउँसम्म पुग्दा एक सयभन्दा बढी स्थानमा रोक्दै मान्छे भेट्दै गर्नुभयो । भेटिएका जति बूढाबूढी, अपाङ्ग र अशक्तलाई आर्थिक सहयोग गर्नुभयो । बूढाबूढीलाई खुट्टामा ढोक्दै आशिर्वाद माग्नुहुन्थ्यो । कत्तिपनि असहज नमान्ने । पंक्तिकार हेरेको हे¥यै भयो । नोटले भरिएको गोजी गाउँ पुग्दासम्म रित्तियो । उहाँले पंक्तिकारसँग सापटी भन्दै पैसा मागेर समेत सहयोग गर्नुभयो । लक्ष्मीप्रसाद देवकोटाले दीनदुःखीलाई बाँड्दै कोट समेत बाँड्नुभयो रे भन्ने सुनेको थिएँ । ऋषिजीले कोट मात्र छाड्न बाँकी रह्यो । उहाँ पूरै रित्तिनुभयो । बूढाबूढी देख्नेवित्तिकै ढोगेर आशिर्वाद माग्ने र रोगी अशक्तलाई भेट्दा उपचारका लागि काठमाडौं आउनुहोस् मैंले सकेको सहयोग गर्छु भनी हौसला दिनुभयो । ऋषिजीले रानीबारीस्थित कोठामा कहिले कसैलाई रोक्नुभएन । उहाँको घरमा सबै जाति, धर्म र क्षेत्रका मान्छेले सहजै प्रवेश पाउँथे । गाउँबाट उपचारका लागि आउने धेरैले उहाँको कोठामा आश्रय लिए । यो घरलाई मन्दिर ठान्नुहोला–ऋषिजी भन्नुहुन्थ्यो । ज्यामरूङ जाँदा उहाँलाई भेट्न टाढाबाट लौरो टेक्दै आएको अपाङ्ग ठिटोलाई काठमाडौं ल्याएर उपचार गरिदिनुभयो । त्यस्तो धेरै सहयोग ऋषिजीले गर्नुभएको छ ।



पंक्तिकार २०६७ सालसम्म रिपोर्टर्स क्लबमा कार्यरत रहँदा उहाँ जन्ती, मलामी र विरामी भेट्न अस्पताल नपुगेको दिन सायदै हुन्थ्यो । अरू काम छाडेर भएपनि मलामी र जूठो बारेको ठाउँमा फलफूलको पोको झुण्ड्याउँदै जाने । पत्रकारलाई आपत्विपत् पर्दा दौडेर जानेमध्येमा ऋषिजी पनि हो । विवाह र वर्तमानको मौसममा भ्याइनभ्याई । उहाँको त्यही स्वभावका कारण नजिकबाट चिन्नेहरू स्नेहभाव देखाइहाल्छन् । ऋषिजी असाध्यै सामाजिक गतिविधिमा सक्रिय हुने स्वभावको । कसैलाई चिढ्याउन नचाहने । आफ्नोविरूद्ध लाग्नेलाई समेत आपत्विपद् पर्दा विनापूर्वाग्रह सहयोग गर्नुभएको छ । त्यसैले रिपोर्टर्स क्लबमा जान्न भनी कसम खाने नेताहरू समेत फर्किनुभएको छ । ऋषिमनले जस्तोसुकै कठोर मनलाई समेत पगाल्न सक्छ । अर्जुननरसिंह केसी देखि शरदसिंह भण्डारीले क्लबमा पाइला टेक्दिन भनेपनि मनाउनसक्नुभयो । ऋषिजी जेल पर्दा गृहमन्त्री वामदेव गौतम हुनुहुन्थ्यो । गौतम धेरै पछिसम्म क्लबमा फर्कनुभएन । उपप्रधान तथा गृहमन्त्री भएपछि उहाँ जति धेरै रिपोर्टर्स क्लबमा पुगेर फेस टु फेसमा सहभागी हुने मन्त्री अरू छैन होला । ऋषिजीले कसैलाई दुश्मनको व्यवहार नगर्ने न त दुश्मन बनाउन चाहने । दुर्वासा ऋषिजस्तो रिसाउनेलाई पनि खुशी पार्नसक्ने क्षमता ।



ऋषिजी पढेर भन्दा परेर जानेको मान्छे । समाचार र घटनाक्रमको असाध्यै अप टु डेट हुने । विहान ५ बजेदेखि रातको १ बजेसम्म पूरै खटिनसक्ने । काम र मिसनप्रति प्रतिवद्ध भएर लाग्ने स्वभावमा कहिले परिवर्तन भएन । उहाँले जीवनमा समाचारको दुनियाँलाई अर्जुनदृष्टि बनाउनुभएको छ । कतिपयले चर्चामा आउन र टेलिभिजनको दुनियाँमा छाउने उद्देश्यले सक्रिय भएको समेत भने । त्यो उहाँको गुमनाम नरहने तरिका होला । मिडियामा छाएरै ‘ऋषि धमला’ बनेकाले होला उहाँ चर्चामा आइरहन रूचाउनुहुन्छ । त्यो धेरैको विश्लेषणमा कमजोरी पनि हुनसक्छ । ऋषिजीलाई देश र विदेशमा समेत चिनाउने मिडिया नै हो । त्यसैले नेता, कर्मचारी, व्यापारी सबैसँग पहुँच बलियो बनाउनुभएको छ । कुनैबेला थियो उहाँको दिमागमा हजारभन्दा बढी टेलिफोन र मोबाइल नम्बर कण्ठस्थ थिए । पत्रकार देखि नेतासम्मले टेलिफोन या मोबाइल नम्बर पाउन फोन गर्थे । यतिधेरै मोबाइल नम्बर सम्झनसक्ने सायदै मान्छे होलान् । ऋषिजी सतिशाल जस्तै टक्क अडिन सक्ने । उहाँको कामप्रतिको प्रतिवद्धता र दृढ आत्मविश्वासबाट जोकसैले सिक्नसक्छ । सूचनाको खानी भन्दा पनि हुन्छ । उहाँसँग बिताउँदाका यति धेरै रोचक र स्मरणीय विषयहरू छन् जुन पंक्तिकारले डायरीमा सुरक्षित राखेको छ जुन भविष्यमा खुलाउनेछ । ऋषिमन रित्तिएर भएपनि धेरैको उद्धार गरेको छ । उदार ऋषिमन !



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video