राजनीति
May 14, 2019
दुई दलबीच एकता
ओखलढुङ्गा, वैशाख ३१ जिल्लामा पूर्व नेकपा (एमाले) र पूर्व नेकपा माओवादी (केन्द्र)बीच एकता भएको छ । दुवैतर्फका नेता सम्मिलित एकता कार्यदलको सिफारिसका आधारमा पार्टीले जिल्ला कमिटी सदस्यहरुको नाम अनुमोदन गरेको पार्टी सचिव मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै पक्षका प्रभावशाली नेताहरुलाई जिल्ला कमिटी सदस्य बनाइएको छ । पूर्व एमालेका ६८ र पूर्व माओवादी केन्द्रका ५८ र बाँकी अन्य गरेर १३७ सदस्यीय जिल्ला समिति बनाइएको छ । नेपाली काङ्ग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेका खिजीदेम्बाका नेताहरुले पनि जिल्ला समिति सदस्यको जिम्मेवारी पाएका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video