शिक्षा /स्वास्थ्य
May 15, 2019
पारामाउन्टलाई उपाधि
काठमाडौं, जेष्ठ १ गते ।पारामाउन्ट एकेडेमीले प्रथम युरो कप फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
जुनियर फुटबल एकेडेमी ९जेएफए० को संयोजनमा काठमाडौं युरो स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पारामाउन्टले काभ्यालाई ३–१ गोलले पराजित ग¥यो । पारामाउन्टका अनिल तामाङले ह्याट्रिक गरे । काभ्याका अक्षय तिमल्सिनाले सान्त्वना गोल गरे ।
प्रिमियरका आरोभ शर्मा उत्कृष्ट खेलाडी चुनिए भने काभ्याका अंश वस्ती उत्कृष्ट गोलरक्षक बने । फाइनलका ह्याट्रिककर्ता अनिल प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताभर उनले ६ गोल गरे ।
विजेतालाई जेएफएका प्रमुख प्रशिक्षक प्रज्ज्वलप्रताप क्षेत्री, युरोका अध्यक्ष प्रमोद पाण्डे, युरोका निर्देशक मुकुन्दप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बानियाँटारस्थित आयोजककै मैदानमा भएको एकदिने प्रतियोगितामा ८ छात्र टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video