अपांगता/अल्पसंख्यक
Nov 23, 2014
विवाहको दाइजो ह्वीलचियर
बेलायत निवासी श्रीमती नाटली वीलर श्री साइमन तथा बेलायतमा कार्यरत नेपाली नागरिक डा. राजेन्द्र थापाको संयुक्त प्रयासमा नेपालमा पहिलो पटक अपाङ्गता भएका खेलाडीहरुलाई विभिन्न खेलहरु खेल्न मिल्ने १० वटा स्पोर्टस् ह्वीलचियर नेपालमा भित्रिएको छ।
 
नेपालमा विभिन्न कारणले अपाङ्गता भई ह्वीलचियर प्रयोग गर्ने खेलाडीहरुले जस्तो पायो त्यस्तै ह्वीलचियरमा वाष्केटवल, दौड, टेबल टेनिस तथा विभिन्न खेलहरु खेल्दै आइरहेका छन्। अब नेपालमा पनि अन्तर्राष्ट्रिय मापडण्डको ह्वीलचियरमा खेलहरु प्रदर्शन गर्न सक्नेछन्। 
 
ह्वीलचियर मोटिभेसनले विभिन्न गरिब मुलुकहरुमा ह्वीलचियरहरु प्रदान गर्दै आइरहेको छ। नातली ह्वीलचियर मोटिभेसनकी संयोजक हुन्।
 
एक वर्ष अगाडि उनी नेपालमा ह्वीलचियरको गतिविधि बुझ्न नेपाल आएकी थिइन्। त्यसै सिलसिलामा नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघका पधादिकारीसँग भेटवार्ता भएको थियो। भेटवार्तामा उनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई स्पोर्टस् ह्वीलचियरको जरुरत ठानेकी थिइन्।
 
वेलायत फर्केलगतै उनको साइमनसँग विवाह भयो। विवाहमा उनले सबै आफन्तहरुलाई आग्रह गरिन् “मलाई कुनै उपहार वा दाइजो चाहिदैन। मैले नेपालमा ह्वीलचियर पठाउनु छ, ह्वीलचियर खरिद गर्न रकम संकलन गर्न गरिदिनुहोस्।” उनको विवाहमा नभन्दै ३,५०० बेलायती रकम जम्मा भयो। जसले ह्वीलचियरहरु खरिद गरिन्। 
 
ह्वीलचियर नेपालसम्म पुर्‍याउन फेरि ११,०० यूरोको आवश्यकता पर्‍यो। यो खबर नातलीले नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघका पदाधिकारीलाई जानकारी गराएकी थिइन्। नेपालमा यो संघले ह्वीलचियर नेपाल भित्राउन विभिन्न संघ–संस्था, व्यक्ति तथा नेपाल सरकारसँग आग्रह गर्‍यो तर केही रकम पनि संकलन हुन सकेन।
 
डा.राजेन्द्र थापा, एन.आर.एन यू.के.को पनि सल्लाहकार रहेकाले तत्कालिन अध्यक्ष श्री महेन्द्र कडेलसँग सहकार्य गरी रकम संकलन कार्य शुरु गरेका थिए।  एक हप्ता नपुग्दै रकम संकलन पुरा भयो र ती स्पोर्टस् ह्वीलचियरहरु नेपालमा भित्रिन सम्भव भयो। जसले नेपाली ह्वीलचियर खेलाडिहरुलाई हर्षित बनाएको छ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video