एक साताभित्रै ल्याब मेशिन र दक्ष जनशक्तिको व्यवस्थापन हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत  |  कोरोना भाइरसबारे जथाभावी नबोल्न मन्त्रालयको आग्रह  |  गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा खतिवडा  |  सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू  |  औषधि खरीदमा कुनै अनियमिता भएको छैन : स्वास्थ्यमन्त्री  |  गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने  |  कोभिड–१९ः कारागारबाट १६९ कैदी मुक्त  |  पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा  |  पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा  |  आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
कृषि/प्रविधि
May 16, 2019
किसानले बिनाझञ्झट ऋण पाउनुपर्छ ः मन्त्री ढुङ्गेल
हेटौँडा, जेठ २ प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उहाँले भन्नुभयो, “वास्तविक किसानले सहजरुपमा ऋण पाउन सक्नुपर्दछ ।” मन्त्री ढुङ्गेलले हरेक क्षेत्रमा अवसर पाउन सुकिलो–मुकिलो र पहुँचवाला हुनुपर्ने प्रथाको पूर्णरुपमा अन्त्य गर्नुपर्ने बताउँदै सर्वसाधारण नागरिकले सहज रुपमा सार्वजनिक सेवा पाउने वातावरण सिर्जना गर्नुपर्दछ भन्नुभयो । प्रदेश ३ का भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले किसानका लागि भनेर स्थापना भएको कृषि विकास बैंकले कृषि क्षेत्र तथा किसानका लागि काम गर्नुपर्ने बताउनुभयो । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले प्रदेश ३ को आवश्यकता र प्राथमिकतालाई हेरेर बैंकले प्रदेशसँग सहकार्य गर्ने बताउनुभयो । “हामीलाई प्रदेश सरकारले सदुपयोग गरोस्् भन्ने हाम्रो चाहना छ,” उहाँले भन्नुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले कृषिमा वित्तीय स्रोतको व्यवस्थापन गरेर उत्पादन वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video