पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
समाज
May 17, 2019
सर्वसाधारणले सडक बोर्डको कर उठाउने ढाटमा आगो लगाए
चितवन,जेठ ३ पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले आज आगो लगाएका छन् । आगो नियन्क्रणका त्रममा प्रहरी सहायक निरीक्षक गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३०/४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन् । सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते हुनुभएको हो । शाहका अनुसार खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको छ । घाइते खड्काको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आगलागीबाट ढाटमा रकम सङ्कलन गर्न कर्मचारी बस्ने गरेको काउण्टर पूर्णरुपमा क्षति भएको शाहले बताउनुभयो । पूर्वी चितवनवासीले यसअघि नै सो ठाउँबाट ढाट हटाउन स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । शाहले चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालको नेतृत्वमा आगो लगाइएको बताउनुभयो । तर खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको भन्दै आक्रोशित जनताले आगो लगाएको बताउनुभयो । प्रहरी प्रशासनले ठेकेदारसँग आर्थिक प्रलोभनमा परी त्यहाँ ढाट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयवासीले सहेर नबस्ने खनालले बताउनुभयो । उहाँले ढाटलाई सीमा क्षेत्रमा लैजानुपर्ने बताउनुभयो । आफ्नै सदरमुकाम आउँदा–जाँदासमेत राजश्व तिर्नु परेपछि पूर्वी चितवनवासी मर्कामा परेको उहाँको भनाइ छ । ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video