पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
समाज
May 17, 2019
मिथिला चित्रकार रन्जु यादवलाई राष्ट्रिय ललितकला पुरस्कार
काठमाण्डौं । चर्चित मिथिला चित्रकार रन्जु यादव राष्ट्रिय ललितकला पुरस्कार–२०७६ बाट पुरस्कृत हुनुभएको छ ।
जेठ २ गते बिहीबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले चित्रकार यादवलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो । 
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने लोककला विधाअन्तर्गतको राष्ट्रिय ललितकला पुरस्कार चित्रकार यादवलाई दिइएको हो । 
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मा सहभागी ‘छोरी बचाउ, छोरी पठाउ’ शिर्षकको यादवको मिथिला चित्र उत्कृष्ट भएर उहाँलाई ६० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
सप्तरीको राजविराज –१०, दिघवा निवासी यादव हाल काठमाडौंमा बसी व्यवसायिक चित्रकला क्षेत्रमा विगत ६ वर्षभन्दा बढी समयदेखि साधनारत हुनुहुन्छ ।
भारत र बंगलादेश भ्रमण गरेकी र एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा सहभागी भइसकेकी यादवको गत चैत्र महिनामा काठमाडौंमा एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो । 
लोककला विधा अन्तर्गतकै विशेष पुरस्कार सिरहाका हरेराम यादव र कैलालीका मिठ्ठु थारु गरी दुई जनालाई प्रदान गरिएको छ । 
यस्तै, यस विधाअन्तर्गतकै प्रदेश विशेष पुरस्कार धनुषाकी रेमनी मण्डललाई प्रदान गरियो । विशेष पुरस्कार र प्रदेश पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।                   

 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video