समाज
May 18, 2019
ज्यो ओजराज उपाध्याय लोहनी सम्मानीत
काठमाण्डौं । जेष्ठ ३ । ज्यो. प ओजराज उपाध्यय लोहनी सम्मानीत भएका छन् । २५६३ औं वुद्ध जयन्तीको अवसरमा बौद्ध धर्म सम्वर्धन र संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री परिषदका पुर्व अध्यक्ष तथा पुर्व प्रधानन्याधीस खिलराज रेग्मीले लोहनीलाई सम्मान गरेका हुन् । 
बौद्ध धर्म सम्वर्धन र संरक्षण समितिका अध्यक्ष अमित लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रकाण्ड विद्वान ज्योतिष तथा इतिहास विद प्राज्ञ श्री दिनेश राज पन्त समेतको उपस्थीति रहेको थियो । सम्मान पछि ज्यो लोहनीले सम्मानले थप जिम्मेवार बनाएको बताँउदै सम्मान छनौंट समिति र संस्था प्रति कृतज्ञता व्यक्त गरे । नुवाकोट शिवपुरी  गाँउपालीका ८ थानापतिका ज्यो लोहनीले कान्तिपुर दैनिक तथा कान्तिपुर टेलिभिजन, तराई टेलीभिजन लगायत आधादर्जन बढी पत्रपत्रिका र टेलिभिजनहरुमा यस अघि नियमीत राशीफल स्तम्भ लेख्दै आएका थिए । हाल लोहनीको दैनिक राशिफल सगरमाथा पोष्ट डट कम मा दैनिक रुपमा पढन सकिने छ । सम्मानीत हुनुभएकोमा ज्यो लोहनीलाई सगरमाथा पोष्ट डट कमको तर्फबाट हार्दिक बधाई र सूभकामना ।   


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video