विचार/अन्तरवार्ता
May 18, 2019
मदन भन्डारी र जीवराज आश्रीत दूर्घटना र झुठको खेती
अनुराधा पौडेल  चितवन पुगेको पहिलो बर्ष । गर्मी सहन निकै गाह्रो थियो । जेठको धुप ! त्यो दिन दिउसो उधुमको गर्मी थियो चितवनमा र बेलुका पानी परिरहेको थियो । हामी बि ए को पहिलो बर्षमा गणित बिषय लिएर पढेका साथीहरु ट्युशन पढ्न वीरेन्द्र क्याम्पसका उ बेलाका गणित सरको नारायणगढमा रहेको डेरामा साँझमा पुगेका थियौँ । एक हातले लामखुट्टे मार्ने र अर्को हातले बलिरहेको टुकी यता र उता सार्दै पढिरहेका थियौँ ।
सरले पढाईरहेकै बखत फोन आयो । मदन भन्डारी र जीवराज आश्रीतको जीप भरतपुर आईपुग्ने बेलामा नारायणीमा खस्यो र उहाँहरुको अत्तोपत्तो छैन भनेर टेलिफोनमा प्रष्ट सुनियो । त्यो दिन थियो २०५० को जेठ ३ गते । 
सर स्तब्ध हुनुभयो । मलाई लाग्छ उहाँ त्यो बेलाको एमालेको कुनै पेशागत सँगठनमा आबद्द हुनुहुन्थ्यो । किनभने उहाँले हामीलाई आजको क्लास यति नै गरम भनेर पढाई बिचमा रोक्नुभयो । त्यो अँध्यारो र खाल्टा खुल्टी पानीले भरिएको साईकलमा लतारिदैँ डेरामा आईपुगेँ । त्यो दिन नारायणगढमा लोड शेडिँग थियो ।
पर्सीपल्ट हामी परिवारका सदस्यहरुले दुबै नेताहरुलाई भरतपुरको नेपाल टेलिकमको आडमै रहेको ठुलो चौरमा गाडीएको पालमुनि सुताएको देख्यौँ।उहाँहरु दुबैको अनुहार नीलो र शरिर पानीले ढाडिएर थलथल परेको थियो । 
काठमान्डौमा उहाँहरुको अन्तेष्ठी भो । 
त्यसपछि के भो उ बेलाका सबैलाई थाह छ ।
पहिलो कुरो उपनिर्वाचन भो । काठमान्डुका नेता नेवारहरुले बिद्या भन्डारीका लागि ठाम छाडे । बिद्या भन्डारीलाई सेतो सारी पहिराए । हाउ भाउ सिकाए र शसक्त अन्टासन्टा भाषण गर्न लगाए । (नपत्याए केशब स्थापितको अन्तवारता पढ्नुहोला ) कृष्णप्रसाद भट्टराईलाई निर्वाचनमा हराएर बिद्या भन्डारी राजनीतिमा स्थापित हुनुभयो ।
सँयोगबस उपनिर्वाचनका दिन बहिनी र म चुनाब हेर्न गयौँ । कसैले हामीलाई तानेर भोट हाल्ने भनेर सोधे । हामीले मुखामुख गरैथियौँ लगिहाले । हातमा नीलो मसी लाईदिएर ल ल महिलालाई भोट दिने भन्दै लगे र उनीहरुले नै छाप हानेर बट्टामा खसाए । त्यहाँ बुथ क्याप्चर गरिएको रहेछ ।
त्यति गरेपनि पछुतो लागेन उ बेला । भन्डारीले जित्नैपर्छ जस्तो लाग्यो किनभने उहाँहरु दुबैलाई षडयन्र गरेरै मारेका हुन् र यसमा गिरीजा प्रसाद कोईरालाको हात छ भनेर पत्याउने पारेका थिए पत्याईयो र काँग्रेशलाई घृणा गर्न सिकाएका थिए गरियो । राम्रालाई होईन हाम्रालाई लहैलहैमा छानियो ।
यतिका बर्ष सम्म पनि हामी नागरिकलाई गुमराहमा पारेको त्यो कान्डको पर्दाफास भएन । दिमाग भुटेको त्यो कुरो बाहिर नै आएन । उहाँको ड्राईभर अमर लामालाई समेत मारे । 
पर्दाफास नहुनुको मतलब त्यो षडयन्त्र थिएन भन्ने हो तर यति पनि उनीहरु बोल्दैनन।
बिद्या भन्डारी अब त राष्ट्रपति पनि बन्नुभयो र रातो सारी लाउन थालिसक्नुभयो । सेतो सारी हत्यारा पत्ता लाउँछु भन्या मानिस गृह मन्रती हुदै प्रधानमन्त्री बन्नुभयो र हामीहरु कागको पछि का का गरेर दौडने बेबकुफ बन्यौँ ।
बेबकुफ बनिएका हामीहरु अझैपनि षडयन्त्रको पर्दाफास हुने कल्पनामा छौँ । यो पो गजब लाग्छ । 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video