महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
पर्यटन /बिबिध समाचार
May 19, 2019
खेलकूद पुरस्कार राशिमा वृद्धि
 कास्की, जेठ ५ ।  ‘समृद्धिका लागि खेलकूद’ नाराका साथ पोखरामा आयोजना हुने ‘टिभिएस अपाची चौथो पोखरा स्पोर्टस् अवार्ड’ का चार विधाको पुरस्कार राशिमा वृद्धि गरिएको छ । स्पोर्टस् अवार्ड आयोजक खेलकूद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आज बसेको बैठकले पुरस्कार राशि वृद्धि गर्ने निर्णय गरेको हो । पोखरा स्पोर्टस् अवार्डअन्तर्गत वर्षको उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी र खेलकूद सङ्घसंस्था अवार्डको पुरस्कारको राशि वृद्धि गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उनीहरुलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । अघिल्लो संस्करणमा उक्त पुरस्कारको राशि रु १५ हजार रहेको थियो । यसपटक एक/एक थान मोबाइलसमेत प्रदान गरिनेछ । त्यस्तै वर्ष उत्कृष्ट खेलकूद पत्रकारिता अवार्डको राशिमा रु पाँच हजार वृद्धि गरी रु २० हजार पुर्‍याइएको छ । स्पोर्टस् अवार्ड यही जेठ २४ गते पोखरा सभागृहमा प्रदान गरिनेछ । यसपटक लोकप्रिय खेलाडी अवार्ड विधासमेत थप गरिएको छ । सो विधाका लागि खेलाडी छनोट एसएमएसमार्फत गरिने मञ्चका महासचिव विजय नेपालले बताउनुभयो । सबैभन्दा बढी भोट ल्याउने खेलाडीलाई रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video