प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
May 21, 2019
अपराधमा संलग्न १६८ जना पक्राउ
विदुर, जेठ  ७ जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्णपल्ली मगरका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्ममा विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो । विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व्यक्तिलाई कानूनको दायरामा ल्याई पक्राउ गरी कारवाही गरिएको हो । सार्वजनिक कसुरमा १८, कुटपिटमा १८, सवारी ज्यान कसुरमा १२, ललाईफकाई तथा करकाप जालसाजीमा ११, जुवातास कसुरमा नौ, चोरीडकैतीमा १२, लागुऔषध कसुरमा आठ, गालीबेइज्जती तथा झैझगडा कसुरमा आठ, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान कसुरमा आठ, नागरिकता कसुरमा ६, मानव बेचबिखन तथा ओसारपसार कसुरमा ६, जबर्जस्ती करणी कसुरमा ६, सम्बन्धविच्छेद कसुरमा ६, सामाजिक अपराध कसुरमा चार र भवितव्य ज्यान कसुरमा चार जना पक्राउ परेका छन् । प्रहरी उपरीक्षक मगरले अपराधमा संलग्न जोसुकै भए पनि पक्राउ गरी कारवाही गरिने बताउनुभयो । गत वर्ष विभिन्न घटनामा संलग्न १५६ जनालाई पक्राउ गरी कारागार चलान गरिएको थियो । उनीहरुबाट रु पाँच लाख १५ हजार जरिवाना असुल गरिएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video