पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
प्रमुख समाचार
May 22, 2019
पाँचथर घटनाको सुक्ष्म छानबिन हुन्छ ः गृहमन्त्री
काठमाण्डौं, जेठ गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सुक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ६ गते पाँचथरको आरुबोटमा भएको सामूहिक हत्याकाण्डको विषयमा जानकारी दिँदै उहाँले उक्त घटना प्रारम्भिक रुपमा पारिवारिक बेमेलका कारण भएको देखिएको उल्लेख गर्नुभयो । उक्त हृदयविदारक हत्याकाण्डको छानबिनमा सहयोग गर्न उहाँले स्थानीयवासी, सांसद, राजनीतिक दल तथा सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । गृहमन्त्रीले सरकारले नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षकको संयोजकत्वमा छानबिन शुरु गरेको बताउँदै केही दिनभित्रै सत्यतथ्य पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो । घटनामा नौ जनाको हत्या भएको र अर्का एकले झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो । घटनामा बाँच्न सफल १३ वर्षीय बालिका सीता खजुमको दमकमा उपचार भइरहेको छ । भविष्यमा यस्ता घट्न नदिन गृह मन्त्रालयले आवश्यक सतर्कता अपनाएको भन्दै गृहमन्त्रीले नागरिक प्रहरी सम्बन्ध सुधार गरी अपराधलाई कम गर्न नागरिक प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । गृहमन्त्रीको भनाइलगत्तै सांसदहरु अनिता देवकोटा, जितेन्द्रनारायण देव, रमेशजङ्ग रायमाझी, रामप्रीत पासवान, विमला राई पौडेल र प्रकाश पन्थले घटनाको मसिनो गरी अध्ययन गर्न तथा पारिवारिक कलह मात्रै भनेर नलिन आग्रह गर्नुभयो । त्यसअघि राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले खेती लगाउने समयमा देशव्यापी रुपमा नै रासायनिक मलको अभाव भएको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराए । हिउँदे बाली लगाउने समयमा समेत रासायनिक मल नपाएका किसानले बर्खे बाली लगाउने समयमा समेत उस्तै समस्या भोग्नु परेको भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै गुनासो गरे । यस्तै मदन भण्डारी लोकमार्गको गुल्मी, प्यूठान खण्डमा मार्ग परिवर्तन गरिएकामा किन त्यस्तो गरिएको हो भन्दै सरकारको ध्यानकर्षणसमेत गराइएको थियो । शून्य समयमा सांसदहरु राजकुमार कुँवर, रामप्रीत पासवान, रामलखन चमार, विन्दादेवी राना, सिंहबहादुर विक, हरिराम चौधरीलगायतले विकास निर्माणको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते बिहान ११ः४५ बजे बस्नेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video