राजनीति
May 23, 2019
जनभावना बुझ्न जागरण अभियान ः वरिष्ठ नेता पौडेल
भीमदत्तनगर, जेठ ९ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी बलियो बनाउनका साथै जनभावना बुझ्न काङ्ग्रेसले देशव्यापी जनजागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । बुधबार कञ्चनपुरको पुनर्वास नगरपालिकाको आइविआरडीमा नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता पौडेलले निष्पक्ष र पारदर्शी हुन सकेमात्रै काङ्ग्रेस बलियो हुने धारणा राख्नुभयो । “यही कुरा बुझाउन म अहिले सुदूरपश्चिम प्रदेश पुगेको छु”, नेता पौडेलले भन्नुभयो, “मुलुक र प्रजातन्त्रलाई सर्वोपरी ठानेर काम गर्दैछु ।” उहाँले मुलुकमा निरङ्कुश कदम लाद्न खोजिएको भन्दै त्यसका विरुद्धमा नेपाली काङ्ग्रेस लाग्ने बताउनुभयो । “जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन खाजिँदैछ, त्यो हुन दिन हुन्न”, उहाँले भन्नुभयो । प्रशिक्षण कार्यक्रममा नेता पौडेलसँगै केन्द्रीय सदस्य नारायणप्रकाश साउद, रामकृष्ण यादव, कमला पन्तलगायतका नेताको सहभागिता थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video