राजनीति
May 25, 2019
सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन ः वरिष्ठ नेता पौडेल
बैतडी, जेठ ११ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । जिल्लाको मेलौलीमा आज ‘द्वारिकादेवी ठकुरानी’ नामक पुस्तकको विमोचन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताउनुभयो । “दुई तिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन”, उहाँले भन्नुभयोे, “सरकार आफै भ्रष्टाचारमा लिप्त भएको छ ।” दुई तिहाइको सरकार हुँदासमेत जनताले सरकार भएको अनुभूति गर्न नपाएको उहाँको आरोप थियो । उहाँले सरकारले शान्तिसुरक्षा कायम गर्न नसकेको टिप्पणी गर्नुभयो । काङ्ग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने वरिष्ठ नेता पौडेलले बताउनुभयो । अहिले सरकारले कार्यकर्तामुखी बजेट बनाइरहेको उहाँले उल्लेख गर्नुभयो । जागरण भेलालाई केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री तारणीदत्त चटौत, सांसद रामबहादर विष्ट, प्रदेशसभा सदस्य भरत खड्का, महासमिति सदस्यद्वय चतुरबहादुर चन्द र कमल शाह, पूर्वमन्त्री नरबहादुर चन्द, बैतडी पूर्व पार्टी सभापति नरेन्द्र थापालगायतले सम्बोधन गर्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video