समाज
May 26, 2019
‘सामाजिक विकृति नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण’
काठमाडौँ, जेठ  १२ समाजमा हुने विकृति–विसङ्गति नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले आज यहाँ आयोजना गरेको ‘छलफल तथा अभिमुखीकरण’ कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “सामाजिक विकृति, विसङ्गति र दुरूपयोगलाई निरुत्साहित गर्न स्थानीय निकाय र सङ्घसंस्थासँग सहकार्य र समन्वय गर्दै अगाडि बढेर समाजमा भएका समस्याको समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले समाजको शान्ति सुरक्षा कायम राख्न समुदायका सबै सदस्यबीच समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । समाजमा भएका गतिविधि र अपराधजन्य घटनाका सूचना प्रहरीलाई उपलब्ध गराई सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले व्यक्तिका कारण विभिन्न घटना घट्ने भएकाले यसको नियन्त्रणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video