महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
पर्यटन /बिबिध समाचार
May 28, 2019
‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन बुधबार
काठमाडौँ, जेठ १४   : नेपालमा पहिलोपटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)को सहकार्यमा जेठ १५ गते उक्त सम्मेलन हुनलागेको हो । होटल याक एण्ड यतीमा हुने उक्त सम्मेलनमा १० देशका विभिन्न हिमाल क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका १५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने नाट्टाका अध्यक्ष सिएन पाण्डेले जानकारी दिनुभयो । “नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न यस्ता सम्मेलनले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । यस्तै, सम्मेलनमा नेपालको तर्फबाट भने विभिन्न पर्यटन क्षेत्रमा काम गर्ने २५० प्रतिनिधिको सहभागिता रहने नाट्टाले जनाएको छ । सम्मेलनमा नेपालका विभिन्न हिमालका १२० भन्दा बढी तस्वीर प्रदर्शनमा राखिनुका साथै नेपालका विभिन्न पर्यटन संस्थाले नेपालको हिमालबारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video