समाज
May 28, 2019
प्रचण्डद्धारा शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रबिन थपलिया सम्मानीत
काठमाण्डौं । जेष्ठ १४ । शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथ पोष्ट डट कम एवं अग्निवाँण पाक्षिकका सम्पादक रबिन प्रसाद थपलिया पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा सम्मानीत भएका छन् । 
गन्तव्य नेपाल ग्रुपद्धारा सञ्चालीत गन्तव्य नेपाल पत्रिकाको १५ औं बार्षिकोत्सबको अवसरमा काठमाण्डौंमा आज आयोजीत बिशेष कार्यक्रममा पत्रकार थपलिया गन्तव्य नेपाल पत्रकारीता अवार्डद्धारा सम्मानीत भएका हुन् ।
Image may contain: 9 people, including Ram Sharan Thapaliya, people standing and indoor
नुवाकोट जिल्ला शिवपुरी गाँउपालीका ८ का पत्रकार थपलिया बिगत १७ बर्ष देखि पत्रकारीताका क्रियाशील रहंदै आएका छन् । पत्रकारीता सहित सामाजीक अभियानमा क्रियाशील पत्रकार थपलिया यस अघि राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा प्रेस काउन्सीलसमावेशी पत्रकारीता पुरस्कार, प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा क्रियाशील पत्रकारीता पुरस्कार, लगायत तिन दर्जन बढी पत्रकारीता पुरस्कार,अवार्ड र बिभिन्न सम्मानद्धारा सम्मानीत भइसकेका छन् । 
Image may contain: 8 people, people standing

कार्यक्रममा नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै किर्तिमान बनाउन सफल आरोही मिङ्मा शेर्पालाई टुरिजम म्यान अफ दि ईयर २०१९ अवार्ड प्रदान गरिएको थियो ।
यसका साथै पर्यटन पुरस्कार बाट क्रमशः जगत बहादुर गुरुङ, सुबोध सिंखडा, युवराज श्रेष्ठ, दुर्गादत्त ढकाल, संगम शेर्पा, आशुतोस भण्डारी, तेम्बा लामा, नवराज श्रेष्ठ लाई बिधागत पर्यटन पुरस्कार प्रदान गरिएको थियो ।
यसका साथै पर्यटन पत्रकारिता पुरस्कारबाट उत्तरगया दैनिकका शिव देबकोटा, सगरमाथा टेलिभिजनका बरिष्ठ समाचारदाता श्रीकृष्ण सुबेदी, शारदा प्रिन्टीङ प्रेसका भिम प्रसाद सापकोटलाई सम्मान गरिएको थियो। 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video