धर्म/संस्कृति
May 29, 2019
आज मिति २०७६ जेष्ठ १५ गते बुधबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । जेष्ठ १५ ।विक्रम संवत २०७६ साल ज्येष्ठ १५ गते बुधबार तदनुसार २०१९ मे २९ तारिख ज्येष्ठ कृष्ण पक्ष दशमी तिथि दिउसो १ । ४५ उप्रान्त एकादशी तिथि उत्तर भाद्रपदा नक्षत्र राति ८ । १४ उप्रान्त रेवति नक्षत्र प्रीति योग दिउसो १ । ३९ बालव करण आनन्दादि योगमा लुम्व योग चन्द्रमा मीन रासिमा लाभ बेला विहान ६ । ४१ सम्म चन्द्रमा आज उत्तर रहने भएकोले आज कामगर्दा उत्तर फर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर उत्तर फर्केर । यो समय अशुभछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको 
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesराज्यबाट अपमान हुने अरुले आलोचना र धन नास हुनेयोग नयाँ काममा सफलता नपाउने योग विवाद बढने चिन्ता बढ्ने सम्भावना 
 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकर्मबलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रसन्नहुनेछ 
 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसामाजिक कार्यमाहुने प्रसम्साले मनमा उत्साह सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउनेहुदा कामगर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभहुने योगछ 
 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerभाग्यले साथ नदिने हुदा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला समाजिक कार्यमा अघि नवढनुवेश हुनेछ वैवाहिक कुरा चलाउदा ध्यान दिनुहोला 
 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिश्रम प्रयत्नले पनि व्यवसाहिक र वैदेशीक काम नबन्ने र दाम कमाउने अवसर नमिल्ने स्वास्थमा बाधा आउने शत्रु सकृय हुनेछन प्रेमको यात्रामा असहजता र मनमा चिन्ता बढ्ने योग 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिश्रम बुध्दि लगाउँदा अरुको विस्वास जित्न सकिनेछ काम सहज हुने प्रेममा सफलता पाउँदा मन हर्षित हुने र वैदेशीक कार्यमा सफलता मिल्ने भएको महत्वपूर्ण काममा अघिसर्नु बेशहोला 
 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिश्रमले समयमा काम गर्नेहुदा आँटेको काममा सफलता पाउन सकिनेछ अरुलाइ विस्वास लिन सफलभै धन हात पार्न सकिनेछ शत्रुलाइ पराजय गर्न सफलभै मनोवल बढ्ने योग 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioवुद्धिले वाटो राम्रो नलिदा परिवार र मित्रले अनेक आरोप लगाउनेछन मनमा खिन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछैन सजग भएर अघि बढ्नुहोला 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusघरेलु चिन्ता बढने क्रम कायमै रहनेछ सरिरमा आलस्यता बढनेछ कार्यमा समस्यको कमीछैन मित्रको साथ लिनुभयमा महत्वपूर्ण समयमा धोका दिनेछन 
 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपराक्रमको प्रभावराम्रो पर्नेहुदा सत्यलाइ बुझेर प्रभावसालि वनाउने प्रयास अरुबाटहुनेछ पराक्रम बढ्ने अधुराकाम बन्ने तथा नायाँकाम पाउने भेटघाटमा खुसिबढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ
 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअरुले आफ्नो कुरा राम्रो सङ्ग नसुन्नेहुदा कामका अवसरहरु मिल्नेछैन मनोबल घट्ने र काममा अवरोध आउनेछ ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयामा महत्वपूर्ण व्यक्ति रुष्ठ हुने योगछ 
 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआमदानि राम्रै हुनेछ सोचने सक्तीमा कमी आउने छैन बुध्दिको कमी हुनेछैन मनोबल वढने योग मनमा मान सम्मान बढने काममा सुधार आउनेयोग ।
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video