अर्थतन्त्र/सेयरबजार
Jul 31, 2014
कुन पदको परीक्षा कहिले,यस्तो छ लोकसेवाको नयाँ कार्यतालिका
साउन १६ काठमाडौं । कार्यतालिका सार्वजनिक गर्ने तर कार्यान्वयन नगर्ने आरोप लागिरहेको लोकसेवा आयोगले आर्थिक वर्ष २०७१र७२ सालको लागि पदपूर्ति सम्बन्धी वाषिर्क कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालय, सूचना तथा प्रकाशन शाखाले सार्वजनिक गरेको रापत्रांकित तथा राजपत्र अनंकित श्रेणीरतहका पदहरुको लागि खुला परीक्षा, आन्तरिक प्रतियोगिता तथा बढुवाद्वारा हुने पदपूर्तिको वाषिर्क कार्यतालिकामा हरेक श्रेणी तथा तहको विज्ञापन प्रकाशन देखि लिएर परीक्षा संचालन तथा नतिजा र सिफारिस सम्मको समय एकिन गरिएको छ ।
कुन पदको परीक्षा र नतिजा कहिले
खरीदार अप्राविधिक – विज्ञापन सूचनास् फागुन अन्तिम बुधबार, लिखित परीक्षा जेठ महिनामा, लिखित परीक्षाको नतिजा भदौरअसौज  तथा अन्तरवार्ता र सिफारिस असोज कातिकमा ।
खरिदार प्राविधिक( विज्ञापन सूचना स् चैत अन्तिम बुधबार, लिखित परीक्षा जेठ महिनामा, लिखित परीक्षाको नतिजा असार  तथा अन्तरवार्ता र सिफारिस साउन महिनामा ।
नायब सुब्बा अप्राविधिक – विज्ञापन सूचना स् पुस अन्तिम बुधबार, लिखित परीक्षा वैशाख महिनामा, लिखित परीक्षाको नतिजा साउनरभदौ तथा अन्तरवार्ता र सिफारिस भदौरअसोज ।
नायब सुब्बा प्राविधिक(विज्ञापन सूचना स् माघ अन्तिम बुधबार, लिखित परीक्षा वैशाख महिनामा, लिखित परीक्षाको नतिजा जेठ  तथा अन्तरवार्ता र सिफारिस असार ।
शाखा अधिकृत अप्राविधिक( विज्ञापन सूचना स् मंसिर अन्तिम बुधबार, प्रथम चरण स् लिखित परीक्षा माघ महिनामा, लिखित परीक्षाको नतिजा फागुन महिनामा । द्धितीय चरण स् लिखित परीक्षा चैत्र, लिखित परीक्षाको नतिजा जेठ  तथा अन्तरवार्ता र सिफारिस असार महिनामा ।

राजपत्रांकित तृतीय श्रेणीका प्राविधिक पदहरुमा खुला प्रतियोगिता अन्तरगत कार्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन हुनुका साथै माघरफागुनमा लिखित परीक्षा, चैत्र वैशाखमा लिखित परीक्षाको नतिजा आउनुका साथै वैशाख जेठमा अन्तरवार्ता भई सिफारिस समेत हुनेछ ।

त्यस्तै उपसचिव पदमा विज्ञापन प्रकाशन असोज अन्तिम बुधबार हुनेछ । पुसरमाघ महिनामा परीक्षा संचालन हुने, फागुनरचैत्रमा लिखित परीक्षाको नतिजा आउने तथा चैत्ररवैशाख महिनामा अन्तरवार्ता भई उमेद्वारको सिफारिस हुने लोकसेवा आयोगले जनाएको छ ।

त्यस्तै राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिव स्तरका प्राविधिक र अप्राविधिक दुवै पदका लागि असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन हुने, मंसिरमा परीक्षा संचालन, पुषरमाघमा लिखित परीक्षाको नतिजा निस्किने तथा माघरफागुन सम्म अन्तरवार्ता र सिफारिस समेत सकिने लोकसेवाको कार्यतालिका छन् । लोकसेवा आयोगले स्वास्थ्य सेवाका विभिन्न तहमा पदपूर्तिका लागि समेत कार्यतालिका तयार पारेको छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video