पर्यटन /बिबिध समाचार
May 29, 2019
ठमेलका पयर्टन व्यवसायी तथा घरधनीहरूले राणालाई अध्यक्ष बनाउने
काठमाडौँ, जेठ १५ गते । ठमेलक्षेत्रका पर्यटनव्यवसायी, घरधनी तथा टोलसुधार समिति र ठमेल पर्यटन विकास परिषद् उपसमितिका प्रतिनिधिहरुको एक भेलाले बरिष्ठ पर्यटन व्यवसायी प्रकाशनरसिंह राणालाई परिषद्को अध्यक्षका लागि अगाडि सारेका छन् । 
ठमेलस्थित एक रेष्टुराँमा सम्पन्न भेलाका अधिकांस सहभागिहरूले पर्यटन व्यवसायी राणा इमान्दार, निर्विवादित, स्वच्छछवि र काम गर्ने सामाथ्र्य र उर्जावान पर्यटन ब्यवसायी भएको चर्चा गर्दै राणालाई सर्वसहमतिको प्रयासबाट परिषद्को अध्यक्ष बनाउन छलफल अगाडि बढाउने तयारी भइरहेको बताएका छन् । 
भेलाका सहभागी एवं ठमेल पर्यट विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोलले ठमेलक्षेत्रको पर्यटन विकासका लागि प्रकाशनरसिंह राणा नै योग्य, इमान्दार र क्षमतावान ब्यक्ति भएको बताउनुभयो । उहाँको तुलनामा अन्य कनै ब्यक्तिसंग गर्न मिल्दैन महासचिव डंगोलले भन्नुभयो । 
ठमेलवासी, ठमेलका घरधनी र पर्यटनव्यवसायीहरूबीच लोकप्रिय राणा परिषद्को अध्यक्षका लागि एक्लो दावेदार भएको भनाई महासचिव डंगोलको छ । अति मिलनसार, मृदुभाषी तथा समस्यालाई तत्कालै समाधान गर्न सक्ने सामथ्र्य पर्यटन व्यवसायी राणासंग भएको दावी उहाँले गर्नुभयो । 
‘प्रकाशनरसिंह राणालाई कसैका विरुद्ध ‘खराफात’ गर्न, हल्का ढंगले टिकाटिप्पणी तथा आलोचन गर्न आउदैन’ सबैलाई समान देख्ने ब्यक्तिको आवश्यकता छ उहाँले थप्नुभयो–टोलवासी, घरधनी र उपसििमति र क्लवको भेलाले पनि उहाँलाई समर्थन गर्ने अवस्था छ ।  
ठमेल पर्यटन विकास परिषद्को यही २५ गते हुने साधारणसभाबाट राणालाई नै अध्यक्ष बनाउनु पर्ने अडान यहाँका पर्यटन व्यवसायीहरुको छ । राणाले पनि आफू परिषद्को नयाँ अध्यक्ष बन्न योग्य र इच्छुक रहेको विश्वास दिलाउदै सहयोग गर्न सबैमा आह्वान गर्नु भएको छ ।  
ठमेलको पर्यटन विकासमा आर्थिक तथा सामाजिक सहयोग प्रदान गर्दै आएका काठमाडौं महानगरपालिको विभिन्न वडाका वडाअध्यक्ष, शान्तिसुरइाा प्रदान गर्दै आएका महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र दरवारमार्ग, परिषद्का पूर्वअध्यक्षहरू वरिष्ठ पर्यटन व्यवसायीहरूसंगको छलफल पछि आफूले परिषद्को अध्यक्षमा दावी गरेको राणाले प्रष्ट पार्नुभयो । 


 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video