महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
पर्यटन /बिबिध समाचार
May 29, 2019
खेलकूदको बजेट रु तीन अर्ब ९९ करोड
काठमाडौँ,  जेठ १५ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि खेलकूदका लागि रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवको बजेट प्रस्तुत गर्दै खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर उक्त रकम विनियोजन गरिएको बताउनुभयो । सरकारले काठमाडौँस्थित निर्माणाधीन मूलपानी क्रिकेट मैदान आगामी दुई वर्षसम्म सम्पन्न गर्न रु १० करोड विनियोजन गरेको छ । काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसर निर्माण गर्ने, सबै प्रदेशमा सुविधासम्पन्न रङ्गशाला र सबै स्थानीय तहमा खेलग्राम निर्माण गरिने भएको छ । क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरीने, १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आवश्यक बजेट छुट्ट्याइएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । साग आगामी डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौँ र पोखरामा हुँदैछ । काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययनसमेत गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो । बजेटमा सङ्घ, प्रदेश र स्थानीय तहमा खेलाडीलाई प्रशिक्षण र क्षमता विकासका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video