विचार/अन्तरवार्ता
May 30, 2019
गण्डकी प्रदेशका जनप्रतिनिधि महिलाको संक्षिप्त जीवनी विमोचन
चिप्लेढुङ्गा,जेठ  १६ गण्डकी प्रदेशमा स्थानीय निर्वाचनबाट निर्वाचित महिला प्रतिनिधिको संक्षिप्त जीवनी (प्रोपाइल) ‘हाम्रा महिला प्रतिनिधि’ सार्वजनिक भएको छ । ‘सङ्कल्प’ नामक संस्थाले प्रकाशन गरेको उक्त जीवनी समेटिएको पुस्तकको गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले आज यहाँ आयोजित एक कार्यक्रममा विमोचन गर्नुहुँदै जनप्रतिनिधिको संक्षिप्त जीवनीले महिलाको योगदानलाई लिपिबद्ध गरेको बताउनुभयो । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा महिलाले सामाजिक परिवर्तनका लागि धेरै काम गरे पनि लिपिबद्ध हुन नसक्दा धेरै महिला इतिहासबाट हराउन पुगेको उहाँको भनाइ थियो । वडा नं १ का वडाध्यक्ष शारदा पराजुलीले सामाजिक विभेदको अन्त्यका लागि अस्तित्वको लडाई जारी रहेको बताउनुभयो । सङ्कल्पका कार्यकारी निर्देशक चन्दा राईले महिला प्रतिनिधिको प्रतिबद्धतासहितको संक्षिप्त जीवनीले आउने पुस्ताका लागिसमेत मार्गनिर्देश हुने भएकाले पुस्तक तयार गरेको बताउनुभयो । पुस्तकमा गण्डकी प्रदेशका ११ जिल्लाका एक हजार ६१७ जनाको संक्षिप्त जीवनी संलग्न रहेको छ । सङ्कल्प गण्डकीका अध्यक्ष सावित्री खड्काले महिला जनप्रतिनिधिको प्रोफाइलका लागि फोन गर्दा अधिकांश श्रीमान्ले उठाउने गरेको फोन गर्नुको उद्देश्य स्पष्ट पारेपछि मात्रै महिला जनप्रतिनिधिसँग कुरा गर्न पाएको अनुभव सुनाउनुभयो । अझै पनि महिलाले स्वतन्त्ररुपमा निर्णय गरेर आफ्नो अधिकारको प्रयोग गर्ने वातावरण नभएको उहाँको भनाइ थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video