कृषि/प्रविधि
May 31, 2019
‘कृषि उत्पादनको मूल्य सूनिश्चित हुनुपर्छ’
काठमाण्डौं । जेष्ठ १७ प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली २०७४ कोे नियम १११(३) बमोजिम प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरणसम्बन्धी प्राप्त पत्रबारे सदनलाई जानकारी दिनुभयो । प्रदेश प्रमुखबाट वृहत विराट क्षेत्र विकास सम्बन्धमा बनेको विधेयक, २०७५, प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक २०७५, प्रदेश आर्थिक कायविधि पहिलो संशोधन विधेयक २०७५, प्रदेश खेलकूद सम्बन्धमा बनेको विधेयक २०७५ र विपद् व्यवस्थापन ऐन २०७५ संशोधन बनेको विधेयक, २०७५ प्रमाणीकरण भएको पत्र पढेर सनाउनुभयो । यसैगरी आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पाँचथरको मिक्लाजुङ् गाउँपालिका–३ आरुबोटेमा भएको सामूहिक हत्या तथा सुनसरीको धरान–१ मा भएको गोली प्रहारको घटनाका सम्बन्धमा प्रदेशसभा सदस्यहरुले विशेष र शून्य समयमा उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो । यस्तै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको पूर्वबजेट छलफलमा सदस्यहरुले उठाउनुभएको प्रश्न तथा सुभावलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरिने बताउनुभयो । प्रदेशसभाको अर्को बैठक यही जेठ २२ गते दिनको तीन बजे बस्ने छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video