समाज
May 31, 2019
‘रेडक्रसलाई थप प्रभावकारी बनाउन आवश्यक’ – गृहमन्त्री बादल
काठमाडौँ, १७ जेठ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले नेपाल रेडक्रस सोसाइटीलाई थप प्रभावकारी रुपमा काम गर्न आग्रह गर्नुभएको छ । 
रेडक्रसको नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले कार्यसमितिमा अनुभवि टिम आएको भन्दै संस्थाले थप सक्रिय भएर कामगर्ने विश्वाँस व्यक्त गर्नुभयो ।
रेडक्रसले स्वास्थ्य, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा खेल्दै आएको भूमिकाको चर्चा गर्दै मानविय सेवामा रेडक्रसको भूमिका  सराहनिय रहेको उहाँले बताउनुभयो ।
उहाँले गृहमन्त्रालय र रेडक्रसबीच विगतदेखिनै सहकार्य रहेको टिप्पणी गर्दै नयाँ कार्यसमतिलाई समेत गृह मन्त्रालयबाट बाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
सोसाइटीका अध्यक्ष डा. विश्वकेशर मास्केले रेडक्रसको नयाँ कार्यसमिति गठन गर्न गृहमन्त्रालयले खेलेको भूमिकाका लागि गृहमन्त्रीलाई धन्यवाद व्यक्तगर्दै आगामी दिनमा नेपालको रेडक्रसलाई दक्षिण एसियाकै उत्कष्ट बनाउने गरी आफुहरुले काम गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी विपद् व्यवस्थापन लगायतका क्षेत्रमा रेडक्रसले काम गर्दै आएको बताउँदै एक वर्षको वार्षिक कार्यतालिका बनाएर आफुहरुले काम सुरु गरीसकेको जानकारी दिनुभयो ।
यही जेठ ६ गते डा. मास्केको अध्यक्ष्यतामा नेपाल रेडक्रस सोसाइटीको १७ सदस्यीय तदर्थ समिति गठन गरीएको थियो । 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video